१७ चैत २०७९, शुक्रवार

अन्नपूर्णले ल्यायो ४२ करोड ३० लाखको बजेट !

अन्नपूर्णले ल्यायो ४२ करोड ३० लाखको बजेट

म्याग्दीको अन्नपूणर् गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा तेह्रौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड १७ लाख २० हजार, पूँजीगत तर्फ ८ करोड ९९ लाख ८० हजार र कोषतर्फ दुई करोड १३ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सशर्ततर्फ २३ करोड १८ लाख, संघीय सरकारको वित्तिय समानिकरण अनुदान ७ करोड ७ लाख, संघीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड ७ करोड २ लाख ४५ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान २२ लाख ७२ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ५ लाख ३८ हजार, आन्तरिक राजश्वबाट प्राप्त हुने ९० लाख ४० हजार र अघिल्लो आर्थिक वर्षबाट खर्च नभई बाँकी रहेको अनुमानित एक करोड ९१ लाख ५ हजार रुपैयाँ बजेटमा समावेश गरिएको छ । बजेटमा पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, कृषि ,खानेपानी तथा सिँचाई, शिक्षा, बन तथा वातावारण लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट प्रस्ताव गरिएको उपाध्यक्ष मगरले बताउनुभयो । यसैगरि कोरोना रोकथाम तथा नियन्त्रण लगायत विपत् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याइएको उहाँको भनाई छ ।
आठै वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताउनुभयो । गाउँसभामा प्रस्तुत भएको नीति, तथा कार्यक्रम र बजेट पारित भएपछि आगामी आर्थिक वर्षबाट प्रभावकारी रुपमा कार्यान्वयनमा लगिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताउनुभयो । गाउँसभा सुरु हुनु अघि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगाएतको एण्टिजेन्ट समेत परिक्षण गरिएको थियो ।

(बुलबुल साप्ताहिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *