८ जेठ २०८०, सोमवार

कविता

छोरी

निर्मलश्री

**********

छोरी !
म हरेक दिन पसिना खसाल्दै
तिम्रो मुस्कानमा हाँसौ टाल्न खोज्दै छु
तिमी आफ्नो पुस्तकहरूमा भविष्य खोज्नु

म हरेक भान्सामा मिठास जलाउदै
तिम्रो स्वस्थमा आहार थप्दै छु
तिमीले हरेक विषयमा ज्ञान रोज्नु

म तिम्रो पाईलाहरूमा काँध हाल्दै
तिम्रो हरेक बिहानीमा नया लक्ष्य खोज्दै छु
तिमीले समयमा नै जिम्मेवारी बुझ्नु

म तिम्रो सपनाको बगैंचामा राम्रा फुल राप्दै छु
तिमीले एक दिन फुलेर सुगन्ध छर्न
हरेक बिहान पानी हाल्नु
तिमी कमजोर छोरी अनि बुहारी हैन
दुई घर र समाजलाई छोड्ने साईनो बन्नु

फुल त सबै फुल्छन्
तिमीले सुगन्ध छर्नुपर्छ
भमरा पुतली आउँछन् ,जान्छन्
तिमीले मौरी चिन्नुपर्छ

तिमी हाँस्नुपर्छ जुन बनि
तिमी नाच्नुपर्छ जूनकिरी झैं
तिमी धनि बनि बिदेशीनु भन्दा
तिमी रहनुपर्छ आफ्नो संस्कृति मै

देखाउने र लोभ्याउने माया भन्दा
पवित्र मनलाई चिन्नुपर्छ
देवी बनि हक अधिकार
यो भिडबाट छिन्नुपर्छ

दिमागको धिप्री बालेर
तिमीले कर्म छान्नुपर्छ
माया र विश्वासको फरक
छुट्याउन जान्नुपर्छ

छोरी!
तिमी मेरो प्राण हौ
आँशु बनि कहिलै नझर्नु
तिमी जूनकिरी हौ
अंधकारमा अन्योलमा नपर्नु
म तिमीलाई बोकेर हिँड्दै छु
तिमीले देश बोक्नुपर्छ
आमाको छातीमा गौरवको
झण्डा गाड्नुपर्छ।
तिमी हिँड लक्ष्यसम्म
म तिम्रो छाया बन्नेछु
म तिम्रो सधैं छाया बन्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *