४ चैत २०७९, शनिवार

हिन्दूहरूका आराध्यदेव देवाधिदेव महादेवका ज्येष्ठ पुत्र कार्तिकेय क ज्येष्ठ शुक्ल षष्ठीलाई कुमार षष्ठी भनिन्छ । यस पर्वलाई सिठी न सञ्जिता आदि नामले पनि चिनिन्छ । यो ज्येष्ठ शुक्ल पक्षको पष्ठी तिथिमा हुनाले यसलाई कुमार पाठी भनिएको हो । षष्ठीको अपभ्रंश हुँदै गएर सिटी भएक हो । महादेवका ज्येष्ठ पुत्र कुमार कार्तिकेयको जन्म जेष्ठ शुक्ल पक्षको पछी तिथिमा भएको र उनैको जन्मदिनको रूपमा मनाइने पर्व भएकाले यसको नाम कुमार षष्ठी रहेको हो । एउटा भनाइअनुसार कार्तिकेयलाई सिठी देवता पनि भनिन्छ । काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलमा छवटा शिर भएको कुमारको एउटा मूर्ति छ । त्यसले कुमारको छ कत्तिका शक्तिहरुको चारित्रिक प्रभाइ दर्साउँछ कुमारका छ शिर भएकाले मानिसहरूले यो चाडमा छ प्रकारका खाद्यवस्तु बनाई पूजा गरी भोज खाने गर्दछन्

अर्को एउटा भनाइ के पनि छ भने रामचन्द्रले ज्येष्ठ शुक्ल पक्षको पष्ठी तिथिमा रावण वध गरेको हुनाले त्यस दिनलाई रावण-सञ्जिता पनि भनिन्छ । मार्कण्येय पुराणमा सिठी देवताको पूजा गर्नुपर्ने कुरा उल्लेख छ । यही कारणाने गर्दा यो पर्व मनाउने चलन बसेको हो । पष्ठी नामअनुसार छ थरीका पूजा सामग्रीको प्राधान्य रहन्छ । छवटा पात भएको कमलको फूल, मास, मुर्गा, केराउ, चामलको पिठो, गहुँको पिठो, कुमकुम आदिबाट बनाइएका खाद्य पदार्थ, छ बरीको पिठोको रोटी छ चरीका तरकारी छ थरी व्यञ्जनका साथ सिठी देवताको पूजाआजा गरिन्छ । यस दिन सिठी देवतालाई पूजा नगर्ने मानिसको जुनीमा सुंगुर भएर जन्मिन्छ भनेर उपर्युक्त नामको पुराणमा उल्लेख छ । कुनै कारणवश कसैको देवाली पूजा रोकिएको रहेछ भने यसै दिनमा गरे हुन्छ भन्ने कथनसमेत सो पुराणमा छ यसलाई एउटा शुभ साइतको रूपमा पनि लिएको पाइन्छ यस दिन असारे गीत, कौला राग गाउने चलन छ देवीदेवताका मन्दिर निर्माण गर्ने, उद्घाटन गर्ने, बाटो खन्ने, मर्मत गर्ने, इनार, कवा पोखरी सफा गर्ने, घर आगन तथा टोल सफा गर्ने चलन छ यस चाडको भोलिपल्ट काठमाडौको नघलटोलका सिठी देवताको मन्दिरमा कुमार कार्तिकयको मन्दिर) नैवेद्यहरू लिएर पूजा गर्न जाने चलन छ । यसै राति कुमार कार्तिकेयलाई खटमा राखी देश घुमाउने गरिन्छ

मध्यकालमा यस दिन काठमाडौंमा दुई टोलका युवायुवतीहरू बीच लडाईको नाटक गर्ने परम्परा पनि थियो । लडाइमा सांच्चै इटा ढुङ्गाले हानाहान पनि हुन्थ्यो र चोटपटकसमेत लाग्दथ्यो यस्तो परम्परालाई जङ्गबहादुर राणाले बन्द गरिदिएका थिए। यस लडाइको साङ्केतिक अर्थ रहेको देखिन्छ कुमार

कार्तिकेयलाई युद्धका देवता पनि मानिने हुँदा त्यस प्रकारको युद्धको नाटक रचिएको हुनुपर्दछ ।

षष्ठी तिथिलाई भगवान कार्तिकेय (स्कन्द) की तिथि मानिन्छ । पद, धनर मानको हानि भएका व्यक्तिले यस तिथिको व्रत लिएमा उसको स्थिति पूर्ववत् हुन्छ । राज्यच्युत राजाले यस व्रतको अनुष्ठान गरेमा गुमेको राज्य प्राप्त गर्दछन । कार्तिक मासको पष्ठी तिथिको विशेष महात्म्य छ । यस तिथिमा व्रत बसी भगवान् कार्तिकेयलाई घिउ, दही, जल र पुष्पले दक्षिण फर्केर निम्न मन्त्र पाठ गरी अर्घ्य दिनुपर्दछ

सप्तर्षिदारज स्कन्द स्वाहापति समुद्भव
रुद्रायमाग्निं विभो गङ्गागर्भ नमोस्तुते प्रीयतां देव सेनानी सम्पादयतु हरतम् ॥

यो व्रत शुक्ल पक्ष र कृष्णपक्षका पष्ठीमा गर्नुपर्दछ । कुनै कारणले दिउसो उपवास गर्न नसके रात्रि व्रतले पनि उत्तम फल प्रदान गर्दछ । भाद्र मासको पृष्ठी तिथि सर्वोत्तम पुण्यदायिनी, कल्याण प्रदायिनी महलदायी छन । यो ने कार्तिकेयको सर्वाधिक प्रिय तिथि हो । यस तिथिमा गरिएको व्रत, तप, दान र स्नानको फल अक्षय हुन्छ । यस दिन कसैले दक्षिण दिशामा भगवान् कार्तिकेषको दर्शन गर्न सक्यो भने ब्रह्महत्या जस्तो भयर पापबाट मुक्ति पाउँछ । यस दिनको कार्तिकेयको पूजन मनोवाञ्छित फलप्रदायक छ । चन्दन, कपुरादिले पूजा गरेमा उच्च पद शीघ्र प्राप्त हुन्छ । यस तिथिमा तेलको सेवन निषिद्ध छ। दिनभर व्रत बसी रात्रिमा भोजन गर्नुपर्दछ । यो धार्मिक पर्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *