१७ चैत २०७९, शुक्रवार

कोदालोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ !

कोदालोले हानेर श्रीमतीको हत्या गर्ने बाच्छाका लालबहादुर
श्रीमतीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा बिहादी गाउँपालिका–१ बाच्छाको क्युडाँडाका लाल बहादुर सार्की रहेका छन् । उनले गत असार चार गते मादक पदार्थ सेवन गरी ३६ वर्षिया श्रीमती तारा नेपालीलाई कोदालोले कुटपिट गरी गम्भीर घाइते बनाएको र ताराको मृत्यु असार सात गते भएको प्रहरीले बताएको छ ।
घट्नाको बारेमा प्रहरीमा ढिला गरी सूचना प्राप्त भएपछि प्रहरी चौकी बाच्छाको टोली भने सूचना पाउँदासाथ घटनास्थलमै पुगेर लालबहादुरलाई पक्राउ गरेको हो । उनलाई सोही दिन नै जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा ल्याएर राखिएको छ । मृतकको भाइ जित बहादुर नेपालीले किटानी जाहेरी दिएपछि सार्कीको विरुद्धमा ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
पर्वत जिल्ला अदालतबाट सुरुमा सात दिनको म्याद थप गरेर उनको बारेमा उनको बारेमा अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *