नकुल पौडेल
**********
नलागेको होस् ठक्कर एउटा पनि छैन।
जिन्दगीमा त्यस्तो सफर एउटा पनि छैन।
फल लागेकै बोटमा प्रहार हुदोरैछ हेर्नुस्
नलागेको बोटमा पत्थर एउटा पनि छैन।
यो दृश्य गाउँतिरकै अस्पतालको हुनुपर्छ,
बिरामी छन् तर डाक्टर एउटा पनि छैन।
बाढी पस्दा थियो अस्ति, हिजो सरकार पस्यो,
आज हेर्दा बस्तीमा घर एउटा पनि छैन।
मुस्कुराउछु दुश्मन पनि आउँछ्न हात मिलाउन,
म संग जन्तर मन्तर एउटा पनि छैन।
खैरेनी, बुटवल
परदेशमा रहेर पनि उम्दा गजल लेख्ने युवा गजलकार गजलप्रेमीहरुका माझ एक परिचित नाम हो, नकुल ।