अम्बिका कार्की
चितवन
————————-
बाघको खोल ओढेर आयो मान्छे
मान्छे नै हो मान्छेले सिध्यायो मान्छे ।
जिव जन्तु र प्राणी अनगिन्ती छन्
कसले चेतनशिल बनायो मान्छे ।
कतै ह्त्या हुन्छ कतै हुन्छ बलात्कार
दिनदिनैको काण्डले गन्हायो मान्छे ।
सुरक्षा दिनेलाई सुरक्षाको भर छैन
आफ्नै सुरक्षालाई खटायो मान्छे ।
एक खुट्टा उचालेर सहयोग माग्दैथियो
पर पुग्यो , खुट्टा टेक्यो हरायो मान्छे ।
मसँग खेले जस्तो नदी सँग नखेल्नु
वारि पारी गर्दागर्दै बगायो मान्छे ।
तिम्रो तिर मान्छेले जनावर खाएछन्
हाम्रो तिर जनावरले खायो मान्छे ।
उता खाटको ओछ्यानले बिझा
यो रे
यता कार्टुन ओडेर निदायो मान्छे ।
(ओमकार्की साहित्य प्रतिष्ठानकि संस्थापक अध्यक्ष अम्बिका एक दशकदेखि निरन्तर साहित्य सिर्जनामा लाग्नुभएको छ ।)