Hit enter to search or ESC to close
पर्वतको कुश्मा नगरपालिका–४ घुम्तीमा बाख्रा चराउन गएको मौका पारेर उनले लगाएका गहना लुटेर त्यसैमाथि चरम यातना दिएर कुटपिट भएको छ ।पोखरा–बागलुङ सडकसँगै जोडिएको घुम्तीमा छोरासँगै बस्दै आएकी ७५ वर्षिया कलावती अर्यालमाथि गत असार ११ गते साँझ लुटपाट भएको र त्यसपछि मरणासन्न हुने गरी कुटपिट भएको हो । कलावतीका छोरा सन्तोषका अनुसार आमाले घरभन्दा करिब एक सय मिटर माथि रहेको जङ्गलको छेउमा बाख्रा चराइरहेको बेलामा अन्दाजी १९÷२० वर्षका दुई जना युवाहरूले कानमा लगाएको करिब डेढ तोलाका सुनका मुन्द्रा लुछ्दै कुटपिट गरेका हुन् ।नचिनेका दुई जना युवाले सडकमा मान्छे हिँडिरहेको बेलामा केही बेर आफूसँगै राम्रा कुराकानी गरेर कोही नभएको मौका पारेर कानमा लगाएका गहना लुट्नुका साथै ढुङ्गा र मुड्कीले आफूले प्रहार गरेको पीडित कलावतीले बताइन् । ‘साँझमा बाघले बाख्रा खाइदेला भनेर जङ्गल छेउमा चरेका बाख्रा लिन गएकी थिएँ । दुई जना आएर कुराकानी पनि गरे। कोही नभएको मौकामा मलाई घोप्टो पारेर पल्टाए । गहना तान्दै पछाडिबाट पिठ्यूँ र टाउकोमा ढुङ्गा र मुड्कीले हान्नुसम्म हाने’ उनले भनिन, ‘टाउकोमा दुई ठाउँमा काटेको छ । मेरो टाउको गिट्टीमा रगडियो। हात भाँचिएको छ ।’ छोरा सन्तोषका अनुसार उनको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने भाँचिएको हात प्लास्टर गरिएको छ ।घट्नाको विषयमा अनुसन्धान चलिरहेको र शंकास्पदहरुलाई प्रहरी कार्यालयमा उपस्थित गराएर केरकार गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । बृद्धामाथि आक्रमण र लुटपाट भएको ठाउँ भन्दा माथि रहेको खुर्कोट गाउँमा हरेक वर्ष जस्तो घरका ढोका फुटाएर गरगहना तथा पैसा लुट्ने काम हुने गरेको छ । प्रहरीले त्यो क्षेत्रमा खोजी र तलासी गरिरहे पनि हरेक वर्ष लुटपाट मच्चाउनेहरू पक्राउ पर्न भने सकेका छैनन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.