२३ जेठ २०८०, मंगलबार

जन्मदिनको अवसरमा दीर्घरोगीलाई औषधी सहयोग !


आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा दिर्घरोगीहरलाई औषधि वितरण गर्नुभएको छ
। म्याग्दीको रघुगंगा गाउँपालिका वडा न ३ का वडा अध्यक्ष जिबन कुमार मल्लले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका दिर्घरोगीहरुका लागि औषधि वितरण गर्नुभएको हो ।

‘जन्मदिनका कुनै नयाँ योजना छैन्,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ मल्लले भन्नुभयो । कोरोना भइरसका कारण गाउँमा रहेका दिर्घरोगीहरुले औषधि लिन पाएका छैनन् ।उहाँहरुलाई केही भएपनि सहज होस भनेर मैले सहयोग गरेको हो । जन्मदिनका अवसरमा पिप्लेमा रहेको स्वास्थ्यचौकीमा दिर्घरोगीहरुका लागि औषधि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *