५ चैत २०७९, आइतवार

गृह जिलामा धान रोप्दै तिमिल्सिना !

आज १८औं राष्ट्रिय धान दिवस हो । यसै अवसरमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि इजरायलका महामहिम राजदूत हनान गोडर पर्वतको मोदी गाउँपालिका–७, राम्जा पुगेर धान रोपाइँ कार्यक्रममा सहभागी भएका हुन् ।

रोपाइँ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सेती महत, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, प्रमुख प्रशासकीय अधिकृत किसन ब क्षेत्री लगायत सहभागी हुनुभएको थियो । साथै मोदी गाउँपालिकाको कार्यालयमा एक सानो कार्यक्रमकाबीच मोदी गाउँपालिकाको कृषि क्षेत्रको समस्या, चुनौति, अवसर र सम्भावना सहितकको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतबाट प्रस्तुत भई हस्तान्तरण समेत गरिएको छ ।

माना रोपेर मुरी फलाउने कृषकहरुका लागि आजको दिन महत्त्वपूर्ण मानिन्छ । कृषकहरुको आत्मबल बढाउनका लागि कृषकहरुसँगै तिमिल्सिनाले पनि खेतमा पुगेर हिलो खेल्दै रोपाइँ दिवस मनाएका हुन् । राम्जा अध्यक्ष तिमिल्सिनाकाको जन्मस्थान हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *