जलजलाको तथा कार्यक्रमको पूर्ण पाठ


पर्वतको जलजगा गाउँपालिकाले महामारी नियन्त्रण र विपत् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाले योजना सहित बजेटको व्यवस्थापन गरेको हो । नागरिकको स्वास्थ्य र जीवन रक्षाको लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष याम बहादुर मल्लले जानकारी दिए । गाउँपालिकाले प्रस्तुत गरेको ४५ करोड, १५ लाख ५० हजार रुपैयाँको बजेटमा ५०० मजदूरहरूका लागि मजदुर सञ्चयकोष कार्यक्रम समावेश छ । श्रम गरेर जीविकोपार्जन गर्दै आएका गाउँपालिकाभित्रका पाँच सय मजदूरलाई पहिलो चरणमा यो सञ्चयकोष कार्यक्रममा सहभागी गराइने मल्लले बताए ।
कोरोना महामारीको पहिलो लहरदेखिनै नियन्त्रण र रोकथाममा लागेको गाउँपालिकाले कोरोना महामारीको दोश्रो लहरमासमेत सबै नागरिकको पिसिआर परिक्षण र संक्रमितको उपचार निःशुल्क गरिदिँदै आएको जनाएको छ । कोरोनाबाट मृत्यु भएका परिवारलाई २० हजारका दरले राहत दिन बजेट विनियोजन गरिएको अध्यक्ष मल्लले वताए ।
बजेटमा एक करोड ६० लाखको अध्यक्ष हातेमालो कार्यक्रम समेत समावेश गरिएको छ । यो बजेट अशक्त र असहाय बालबालिकाको शिक्षा तथा स्वास्थ्य र दलित, महिला तथा विपन्नहरूको आयआर्जनका लागि खर्च गरिने अध्यक्ष मल्लले वताए । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि डेढ करोड रूपैयाँ विनियोजन गरेको छभने निर्माण हुन बाँकी वडा नं २ र ८ का वडा कार्यालय भवन निर्माणको लागि समेत वजेट छुट्याइएको छ ।
गाउँ सभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले कालीगण्डकीको ढुङ्गा गिट्टी र बालुवालाई ब्यवस्थित ढंगले उत्खनन र सञ्चालन गरि आन्तरिक आयलाई वृद्धि गर्ने, गाउँपालिकाभित्रका सबै सडकलाई स्तरोन्नति गर्ने, गाउँपालिकाभित्रको पर्यटन, कृषि, पशुपालन र जडीबुटीलाई प्रवर्द्धन गर्ने कार्यक्रम अघि सारेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
प्रस्तुत छ जलजला गाउँपालिकाको आगामि आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको पूर्ण पाठ…
जलजला गाउँपालिका
वार्षिक नीति तथा कार्यक्रम आ.व.२०७८/७९
आदरणीय गाउँसभाका सदस्यहरु,
उपस्थित सम्पूर्ण अतिथिहरु, कर्मचारीहरु, पत्रकार तथा सम्पुर्ण महानुभावहरु ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएण्टको संक्रमणवाट पैदा भएको अकल्पनिय संकटको अवस्थामा हामीहरु छौं । विश्वस्तरमा मानवजातिलाइ नै असर पुर्याइरहेको यो महामारीले हाम्रो देश नेपाल एवँ हाम्रो पालिकामा पनि प्रत्यक्ष रुपमा असर पुर्याइरहेको छ । गत वर्ष यो कोभिड १९ को लडाइमा हामी सवै जनप्रतिनिधी एवं कर्मचारी लडेर मानविय क्षती हुन दिएनौ तर दुखको कुरा यो दोस्रो भेरिएण्टको संक्रमणका कारणले हामीले आफ्ना आफन्तहरु गुमाउनु परेको छ । सर्वप्रथम म उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । मृतकका आफन्त एवं शोकाकुल घरपरिवार जनहरुमा धैर्यधारण गर्ने शक्ती इश्वरले प्रदान गरुन भन्न चाहान्छु । साथै हाल रहनुभएका सक्रीय संक्रमीतहरुको छिट्टै स्वास्थ्यलाभको कामना गर्दछु । आशा गरौँ यो अत्यासलाग्दो समय छिट्टै सकिने छ ।
महामारीको रोकथाम, नियन्त्रण र उपचारको कार्यमा अग्रपङ्तिमा अहोरात्र खटिनु हुने समस्त स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नगर प्रहरी, सरसफाइकर्मी, चालक लगायत सम्पूर्ण राष्ट्रसेवकहरुको योगदानको उच्च प्रशंसा गर्दै जोखिमपूर्ण यस परिस्थितिमा आ–आफ्नो तहबाट खटिनु हुने जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, उद्योगी, व्यवसायी, निजी क्षेत्र, नागरिक समाज लगायत सबै व्यक्ति तथा संघ संस्था प्रति हार्दिक ज्ञापन गर्दछु। आफ्नो पहलमा नेपाल सरकार मार्फत स्वास्थ्य सामाग्री उपलव्ध गराउनुहुने नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीज्यू लगायत गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा स्वेच्छिक रुपमा योगदान गर्ने व्यक्ति तथा संस्था एवं स्वास्थ्य सामग्री तथा जिन्सी सामान सहयोग गर्नुहुने सबै महानुभावप्रति हार्दिक आभार प्रकट गर्दछु।
यो विषम परिस्थीतिका विच जलजला गाँउपालिकाको चालु दशौँ गाउँसभाको पहिलो वैठकमा आज म आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न गैरहेको छु । सर्वप्रथम यहाँहरु सवैलाई हार्दिक स्वागत गर्दछु ।
प्रस्तुत नीति तथा कार्यक्रम हालको महामारीवाट गाउँपालिकावासीहरुको जीवन रक्षा गर्नुका साथसाथै हामी जनप्रतिनिधी निर्वाचीत भएको चार वर्ष पुरा भएको अवस्थामा हालसम्म हामीले गरेका कामहरुको समिक्षा गर्दै हामीले जग वसालेको जलजला गाँउपालिकाको विकासको पुर्वाधारलार्इ टुंगोमा पुर्याउने तर्फ चाल्नुपर्ने कदमका विषयमा केन्द्रीत रहेको छ ।
नेपालको संविधानले राज्यका मुल संरचनाका रुपमा संघ, प्रदेश, र स्थानिय तहको व्यवस्था गरी राज्यशक्तिको बाँडफाँट गरेको छ । संविधानले स्थानीय तहको एकल अधिकार र संघ, प्रदेश , र स्थानिय तहको साझा अधिकार क्षेत्रको व्यवस्था गरेको छ । संविधानले स्थानिय तहलाइ दिएको अधिकार प्रयोग गरीरहेको अवस्थामा विगतको वर्ष देखी कोभिड–१९ महारोगको संक्रमणको सामना गर्नुपर्दा समग्र गतिविधि, सेवाप्रवाह र विकास निर्माण प्रभावित भएको कुरा हामी सवैले महशुस गरिरहेकै छौं ।
गाउँसभा सदस्यहरु तथा उपस्थित महानुभावहरु,
विभिन्न क्षेत्रमा आ-आफ्नो तरिकाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा गरिरहेका हामी राजनितिकर्मी स्थानिय तहको निर्वाचन संगै जनप्रतिनिधीको रुपमा निर्वाचित भएको ४ वर्ष पुरा भैसकेको छ । यसै क्रममा पहिलो वर्ष हाम्रो लागि सिकाइ अभ्यासवाट शुरु गरी प्रशासनिक रुपमा संरचना खडा गर्न समय खर्चिनु पर्यो त्यसका वावुजत पनि हामी हामी गन्तव्यमा पुग्ने उद्देश्यका साथ अगाडि बढ्दै आएर दोस्रो वर्ष देखी चौथो वर्षसम्म हामी विकासका गतिविधिहरुलार्इ उकास्दै लैजाने प्रयास रहेका छौँ ।जनतावाट निर्वाचित भएर पदवहाली गरे पश्चात नेपालको संविधान एवं स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ को अधिनमा रहेर हामीले हालसम्म हासिल गरेका केही महत्वपूर्ण उपलब्धीहरु यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न चाहान्छु ।
संवैधानिक रुपमा प्राप्त अधिकारहरुलाइ कार्यान्वयन गर्नका लागि हालसम्म ४३ वटा कानुनहरु तर्जुमा भै लागू भैसकेका छन ।
नगर प्रहरी सम्वन्धी कानुन तर्जुमा गरी हाल नगर प्रहरी परिचालन गरिएको छ ।
जलजला गाँउपालिकाको सहकारी ऐन तर्जुमा गरी लागु गरिएको छ । सहकारीहरुलाइ व्यवस्थीत रुपमा सञ्चालन गर्न प्रयास गरीएको छ । कतिपय झोलामा रहेका सहकारीहरुलाइ व्यवस्थीत गर्नुपर्ने चुनौती हामीसामु अहिले पनि विद्यमान छ ।
सम्पती तथा भुमिकर संकलनका लागि लगत अध्यावधिक गरी अनलाइन प्रणालीमा लगीयको छ । यसलाइ अनलाइनका माध्यमवाटै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । जसका कारण घरमै वसेर सम्पती तथा भुमीकर भुक्तानी गर्न सकिने प्रविधिको विकास गरि कार्यान्वयनको चरणमा रहेको छ ।
व्यवसाय दर्ता प्रणालीलाइ अनलाइन प्रणालिवाट सञ्चालन गरिएको छ ।
राजस्व प्रशासनलार्इ व्यवस्थीत गरी गाउँपालिका कार्यालय र ७ नं वडा कार्यालयवाटमा समेत अनलाइन राजस्व प्रणाली लागू भएको छ ।
तत्कालीन जिल्ला विकास समितिको कार्यालय पर्वतमा करिव २३ लाखमा रहेको ढुँगा गिटी वालुवाको वार्षिक राजश्व संकलनलार्इ आज हामीले वार्षिक करिव एक करोड पैसट्ठी लाख संकलन गर्ने हाराहारीमा पुर्याएर गण्डकी प्रदेश सरकारलाइ करिव ५४ लाख रुपैया वार्षिक राजश्व वाँडफाँटबाट हस्तान्तरण गर्न हामी सक्षम भएका छौँ ।
विषम परिस्थितीका वीच चालु आ.व.मा हालको मितिसम्म गाऊपालिकाको आन्तरिक आय रु २,९६,४६,७०८ -दुइ करोड छयान्नब्बे लाख छयालिस हजार सात सय आठ_ रहेको छ ।
जनशक्ति अभावको स्थितीबाट शुरुवात गरिएको कार्यकाल हाल गाँउपालिकामा लोकसेवा आयोगबाट स्थायी पदपुर्ति भै दरवन्दी तेरिज अनुसार कर्मचारीको उपयूक्त व्यवस्थापन भएको छ । संघीय कानुन निर्माण हुन नसक्दा कर्मचारी सम्वन्धी स्थानिय कानून तर्जुमा हुन सकेको छैन ।
ब्यक्तिगत घटना दर्ताः जन्म, मृत्यु विवाह सम्बन्ध विच्छेद र वसाइसराइ तथा सामाजिक सुरक्षाको लगत प्रणालीलार्इ पुर्णतया प्रविधियुक्त बनाइ अनलाइन दर्ताका माध्यमबाट पञ्जीकरण व्यवस्थापन तथा अभिलेखीकरण गरिएको छ । चालु आर्थिक वर्षमा हालसम्म लिखित ४४४ र अनलाइन मार्फत ८१० वटा गरी जम्मा १२५४ ओटा व्यक्तिगत घटना दर्ता गरिएको छ ।त्यसैगरी सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत विभिन्न समूहका २९६० जना लाभग्राहीहरुलाई वैक मार्फत दोस्रो चौमासिक सम्ममा रु ४,३०,९५,६०७ -चार करोड तिस लाख पन्चानब्बे हजार छ सय सात रुपैया_ वितरण गरियो ।
गाँउपालिकाभित्र लगभग सवै वस्तीमा सडक सञ्जाल पुगेको छ ।करिव ९० प्रतिशत क्षेत्रमा खानेपानीको व्यवस्थापन भएको छ । चालु आ.व. का कुल २४५ विकास योजना मध्ये निर्माण ब्यवसायी मार्फत १४, उपभोक्ता समितिवाट २३१ योजना रहेका छन, जसमध्ये संझौता भएका योजना २०२ वटा फरफारक भएका र २९ योजना सम्पन्न हुने क्रममा छन् ।
२०७२ सालको भुकम्प पश्चात ब्यक्तिगत आवास पुननिर्माण कार्यक्रम अन्तर्गत जम्मा २४३ जना लाभग्राहि मध्ये २३३ जनाले अनुदान संझौता गरेकोमा १८१ जना लाभग्राहीले सवै किस्ता अनुदान लिई आवास पुर्ननिर्माण कार्य सम्पन्न भएको छ भने दोस्रो र तेस्रो किस्ता लिन क्रमशः २७ र ५२ जना बाकि रहेका छन्।
आर्थिक वर्ष ७७/७८ मा कुल ११० खरको छाना टीनको छानामा रुपान्तरण हुने क्रममा रहेका छन ।
प्रारम्भीक वालविकासमा कार्यरत सहजकर्ता एवं विद्यालय सहयोगीहरुलाइ प्रोत्साहन स्वरुप आफ्नै श्रोतबाट प्रोत्साहन भत्ता उपलव्ध गराइएको छ ।
प्रारम्भीक वालविकासमा कार्यरत सहजकर्ता एवँ विद्यालय सहयोगीहरुलाइ प्रोत्साहन स्वरुप आफ्नै श्रोतबाट प्रोत्साहन भत्ता उपलव्ध गराइएको छ ।
विद्यालयको शैक्षिक अवस्था गुणस्तरिय र प्रभावकारी वनाउन नियमित प्र.अ. वैठक तथा छलफल कार्यक्रम सञ्चालन भएका छन्।
शैक्षीक सत्र २०७७ सम्म कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट अध्ययनलाइ प्रोत्साहन गरीएकोमा शैक्षीक सत्र २०७८ बाट कक्षा ४ मा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरि निरन्तरता दिइएको छ । त्यसका लागि गाँउपालिकाले निशुल्क पाठ्यपुस्तक उपलव्ध गराँउदै आएको छ । कक्षा ५ सम्मका लागि दिवाखाजा कार्यक्रम तथा माध्यामिक तहमा निशुल्क स्यानिटरी प्याड कार्यक्रम सञ्चालन गरिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको कार्यक्रमसँगको समन्वयमा विभिन्न विद्यालयमा गरी ३१ वटा नयाँ भवन निर्माण गर्न संझौता भएकोमा अधिकांश भवन निर्माण सम्पन्न भैसकेका छन भने केही भवन निर्माणको चरणमा रहेका छन । गाँउपालिकाबाट विनियोजीत बजेटवाट १३ वटा विद्यालयमा शौचालय निर्माण भएका छन । सात विद्यालयमा खानेपानीको ब्यवस्था मिलाइएको छ । कक्षा १ देखी कक्षा ५ सम्म दिवाखाजा कार्यक्रम लागु गरिएको छ । शिक्षक दरवन्दी मिलानको काम अन्तिम चरणमा पुगेको छ । आइ सि टी , ल्याब र पुस्तकालय निर्माणका लागि प्रत्यक आर्थीक वर्षमा वजेट विनियोजन भएको छ ।
एक गाउँपालिका एक अस्पताल कार्यक्रम अन्तर्गत गाउँपालिकामा एक अस्पताल स्वीकृत भई टेण्डर समेत आह्वान भै सम्झौताको चरणमा रहेको छ । वडा न २ र ४ मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भै सञ्चालन भएको छ । आधारभुत स्वास्थ्य केन्द्रका भवनहरु निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नं. ५ मा दुर्इ स्थानमा, वडा न ६ मा एक स्थानमा वडा नं. ७ मा एक स्थानमा र वडा नं. ८ मा एक स्थानमा गरी जम्मा ५ ओटा आधारभूत स्वास्थ्य इकाइहरु स्थापना गरी सञ्चालन गरीएको छ । जसबाट सामान्य स्वास्थ्य समस्याहरु नजिकैबाट समाधान हुने अपेक्षा लिइएको छ ।
वडा नं. २ मा स्वास्थ्य चौकी स्थापनाको लागि ५ रोपनी जग्गा प्राप्त गरी वडा कार्यालयको नाममा जग्गाधनी पूर्जा कायम भएको छ ।
हालको मल्लाज स्वास्थ्य चौकी रहेको स्थानमा प्रस्ताव गरिएको जलजला अस्पतालमा ल्याब सेवा सञ्चालन गरिएको छ ।गाउँपालिका भर तीनवटा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि वडा नं. ३ र ८ गरी दुइ ठाँउमा आइसोलेसन सेण्टर सञ्चालन ल्याइ विरामीहरुको उपचार गरिएको छ ।
फोहोरमैला संकलनका लागि ट्रयाक्टर खरिद गरी गैरसरकारी संस्था सँगको समन्वयमा परिचालन गरिएको छ ।
स्थानिय स्तरका जम्मा ५८५ वटा व्यवसायीक फर्महरु दर्ता गरीएको छ ।
त्यसै गरी एक गाउँपालिका एक औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत वडा नं. २ मा औद्योगिक ग्राम स्थापनाको लागि संझौता भई पूर्वाधार निर्माणको कार्य अगाडि बढीरहेको छ ।
जलजला गाँउपालिकामा निर्माण भएका ग्रामीण सडक हरुको मापदण्ड कायम गरिएको छ ।
घर नक्सा पास सम्वन्धी कानुन निर्माण गरी घर नक्सा पास प्रणालीलाइ व्यवस्थीत गराइएको छ ।
हरेक वर्ष आउने बाढी पहिरोको विपद्को बावजुद सिंचाइ खानेपानी तटवन्धन ग्रामीण सडक लगायतका क्षेत्रमा थुप्रै काम भएका छन् ।
मेलमिलापकर्ताहलार्इ आवश्यक तालिम प्रदान गरी वडा स्तरमा मेलमिलाप केन्द्र सञ्चालन गर्न लागिएको छ ।
जग्गाधनी प्रमाणपुर्जा वितरण गाँउपालिकाले गर्ने अभिप्रायले गण्डकी प्रदेशमै सवैभन्दा पहिलो पालिकाको रुपमा भु-सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको छ ।
कृषि तथा पशुपालनका क्षेत्रमा कृषि सामाग्री तथा औजारमा अनुदान एवं प्रवर्द्धनका कामहरु भएका छन ।
पशु विमा कार्यक्रममा लागत साझेदारी गरिएको छ ।
मोहनचोक स्थित जलजला कृषि वजारलार्इ पूर्वाधार निर्माणमा आर्थीक सहयोग उपलव्ध गराइएको छ ।
सवै वडा कार्यालयमा वैकल्पीक उर्जा उपलव्ध गराइएको छ ।
विपद् व्यवस्थापनका क्षेत्रमा क्रियाशिल रहनका लागि विपद् व्यवस्थापन समिती गठन गरी परिचालन गरिएको छ ।
विभिन्न विपदमा परेका नागरीकहरुलार्इ राहात उद्धार तथा पुर्नस्थापनका लागि संघीय तथा प्रदेश सरकार संगको समन्वयमा पुनस्थापनका कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
वेला वखत आइपर्ने विभिन्न खालका विपद् प्रभावित ब्यक्तीहरुलार्इ यस आ.व. मा हाल सम्म करिव रु ९२१०८१ -नौ लाख एक्काइस हजार एकासी_ राहात स्वरुप उपलव्ध गराइएको छ ।
कालीगण्डकी नदी किनारका जोखिमयुक्त वस्तीहरु वारीवेनी, वगरफाँट, लामाखेत मोहनचोक, मिलनचोक, फर्से, खनीयाघाट लगायतका वस्तीहरुको संरक्षणका लागि नदिकटान नियन्त्रणका कार्यहरु गर्दै संघ तथा प्रदेश सरकारसँग गरिएको पहलवाट थप तटवन्ध निर्माणका कार्यक्रमहरु समावेश भएका छन् ।
वडा नं. ९ वनौ तथा वडा नं. ७ धाइरिङको सडक कालोपत्रे गर्नका लागि संघ सरकार र प्रदेश सरकारसंग समन्वय गरीएकोमा प्रदेश सरकारको कार्यक्रम अन्तगर्त योजनाको कार्य सुरुवात भएको ।
वगर वाँसखर्क सडकको स्तरउन्नतीका लागि पहल गरिएकोमा सो सडक स्तरउन्नतीको काम शुरुवात हुने चरणमा रहेको ।
वडा नं. ४ मोहनचोक देखि फड्केढुंगा, कोतघर, लेखफाँट जोड्ने सडक कालोपत्रे गर्ने काम शुरुवात भैसकेको छ । गाँउपालिकाको पूँजीले मात्रै सम्भव नदेखिएकाले संघिय सरकारका निकायसँग कालोपत्रेका लागि पहल भैरहेको छ ।
कक्षा १ देखि ९ सम्मको परिक्षा गाउँपालिकावाट सञ्चालन गरिएको छ ।
नेपाल टेलीकम तथा निजी सेवाप्रदायक कम्पनीहरु सँगको समन्वयमा ग्रामीण भेगमा गुणस्तरिय इन्टरनेट सेवा विस्तार गरिएको छ ।
यस गाउँपालिकालाई मापदण्ड पुरा गरी नगरपालिकामा स्तरोन्नती गर्नका लागि पनि हामी प्रयासरत रहेका ब्यहोरा पनि म यस सम्मानित सभामा अनुरोध गर्न चाहान्छु ।
गाउँसभा सदस्य तथा उपस्थित महानुभावहरु,
अब म जलजला गाउँकार्यपालिकावाट प्रस्तावित आगामी आर्थिक वर्ष २०७८÷७९ को समग्र नीति र क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रमलाई क्रमशः प्रस्तुत गर्न चाहन्छु ।
समग्र नितिः
कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणबाट थप समस्या नहोस भनि जलजलावासी नागरिकहरुलाई जोगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखी आर्थिक-सामाजिक विकासको माध्यमवाट प्रभावित क्षेत्रहरुको क्रमशः उत्थान र प्रर्वद्धन गरिनेछ । गाँउपालिकाको जग्गा व्यवस्थापन भैसकेकाले प्रशासनिक भवन निर्माण गर्नु पहिलो प्राथमिकता हुनेछ । जग्गा व्यवस्थापन भएका वडा कार्यालयहरुमा वडा कार्यालय भवन निर्माण गर्दै लगिनेछ । चालु आर्थीक वर्षमा वडा न २ र ८ का भवनहरु निर्माण हुनेछन । हाम्रो जलजला राम्रो जलजला बनाउने प्रमुख निति रहेको छ । अव म क्षेत्रगत रुपमा नितिहरु प्रस्तुत गर्न चाहान्छु ।
आर्थिक विकास:
कृषि तथा सिंचाई
निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषितर्फ उन्मुख गर्दै व्यवसायिक कृषिलाई बजारको प्रतिस्पर्धी हुन एवं विषादीरहित (अर्गानिक), र गुणस्तरीय उत्पादनका लागि कृषिका सवै सरोकारवालाहरु ( उत्पादक, प्रशोधनकर्ता र व्यापारी) को माग र आवस्यकता अनुसार उपलब्ध स्रोतको आधारमा सहजीकरण गर्ने नीतिलाई निरन्तरता दिईने छ।
गाँउपालिका भित्रका कृषकहरुको पहिचान गरि किवी, आलु, सुन्तला, जडीवुटी र वेमौसमी तरकारी खेति गर्ने कृषकहरुलाइ विशेष प्रोत्साहन गर्ने निति लिइनेछ ।
जलजला गाउँपालिकालाई अर्गानिक उन्मुख गाउँपालिका बनाउने नीति लिईनेछ। गाउँपालिका क्षेत्रका होमस्टे एवं होटलहरुलाई अर्गानिक उत्पादनसंग जोड्ने प्रयत्न गरिने छ ।
कृषि उत्पादकत्व वृद्धि गर्न निश्चित अवधिका लागि भिन्न एवं जोखिममा परेका कृषकहरु तथा त्यस्ता सेवा नपुगेका गाउँ क्षेत्रलाई लक्षित गरी साना सिंचाई आयोजनाहरुलाई विशेष प्राथमिकताका साथ अगाडी बढाउने नीतिलाई निरन्तरता दिईने छ।
जलजला गाउँपालिकाको तरकारी वा अन्य कृषि उत्पादनलाइ बजारमा प्रवर्द्धन गर्ने नीतिलाई निरन्तरता दिईने छ।
युवाहरुको विदेश पलायन हुने सोंचलाई निरुत्साहित गरी व्यवसायिक कृषक उत्पादन गरी कृषि क्षेत्रका विभिन्न व्यवसाय गर्न प्रोहोत्सान गर्ने नीतिलाई बढवा दिईने छ ।
मौरिपालन, उन्नत तरकारीको वीउ, किवी जस्ता नयाँ जातका फलफुल आँप, लिचिका बिरुबा लगायत स्थानिय बिभिन्न जातका फलफुलका विरुवा। प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, माछाको भुरा, आधुनिक कृषि औजार तथा उपकरण आदिमा निश्चित प्रतिशत अनुदान दिई पौरखी किसान, कृषक समुहलाई प्रोत्साहन गर्ने नीतिलाई वृहत रुपमा वढवा दिईने छ।
भकारो तथा गोठ सुधार कार्यक्रम सञ्चालन गरी कृषि उत्पादनमा वृद्धि गर्ने नीतिलाई निरन्तरता दिईने छ।
व्यवसायिक कृषकहरुले कृषि क्षेत्रमा गरेको उपलब्धिलाई मापन गरी प्रतिस्पर्धाका आधारमा पुरस्कार गर्ने नीतिलाई अंगीकार गरिनेछ ।
कृषि विमाका सम्बन्धमा अभिमुखिकरण गरी कृषि विमाप्रति प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिईने छ।
एक गाउँ एक उत्पादनको नीतिलाई अगाडी वढाईने छ ।
सिँचाई योग्य फाँटहरू तथा कृषि पकेट क्षेत्रको पहिचान गरी सो क्षेत्रमा विभिन्न परम्परागत र आधुनिक खेतिलाइ प्रवर्दन गरिनेछ । गाउपालिकामा भूमी बैंक स्थापना गरी खेर गएको जमिनलाई उपयोग गर्ने नीति लिइनेछ ।
बाँझो जग्गालाई कृषि उत्पादनमा उपयोग गरी कृषि उत्पादन वृद्धि गर्ने नीति लिईनेछ।
उत्पादक र उपभोक्ता बिचको मद्यस्थकर्ता व्यवस्थापन, प्रतिस्पर्धि व्याजदर तथा दुवानी लागत, श्रम कानूनको परिपालना, उत्पादन अवरोध न्यूनीकरण र आवश्यक पूर्वाधारको व्यवस्था गरी उत्पादन लागत कम गरिनेछ ।
व्यवसायिक, सामुहिक र सहकारी खेतिमा युवाहरुलाई प्रोत्साहित गर्ने नीति लिईनेछ।
कृषकहरुलाई समयमै उन्नत विउ, मल तथा कृषि प्रसार सेवा उपलब्ध गराईनेछ ।
स्थानीय मौलिक ज्ञान र प्रविधिको संरक्षण र संवर्द्धन गरिनेछ। अर्गानीक खेती प्रवर्द्धन गरिनेछ।
सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा विकास गरिनेछ। सहकारीलाई उद्यमशीलता, विकास र कृषिकोआधुनिकिकरणमा परिचालन गरिनेछ । सहकारी संस्थाको नेतृत्वमा कृषि उत्पादन तथा वजारीकरणका कार्यक्रम संञ्चालन गरिनेछ ।
पशु सेवा विकास
दुध, मासु र अण्डामा आत्मनिर्भर बनी निर्यात गर्ने नीतिलाई निरन्तरता दिईने छ ।
सहकारीमा आवद्ध किसानहरुलाई सहकारी मार्फत दुध ढुवानीमा अनुदान दिईने नीतिलाई निरन्तरता दिईने ।
पशुपालनका क्षेत्रमा पशुसेवा प्रसारका कार्यक्रम, समुह समितिहरु गठन र कार्यक्रममा आवद्धता, तालीम, गोष्ठी जस्ता सचेतनामुलक कार्यक्रम संचालन गरि समुहगत रुपमा र ब्यबसायिक फार्महरुलाई विभिन्न किसिमका अनुदानका कार्यक्रम मार्फत किसानहरुको प्रवर्द्धन गर्ने नीतिलाई निरन्तरता दिईने छ।
कृत्रिम गर्भाधान मार्फत नश्ल सुधार गरी दुध तथा मासु उत्पादनमा बृद्धि गर्ने नीतिलाई निरन्तरता दिईने छ।पशु विमा सम्बन्धमा अभिमुखिकरण गरि पशु विमा प्रति प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिईने छ।
उद्योग वाणिज्य तथा आपुर्ती
उद्यमशितला विकास एवं आयमुलक रोजगारी अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरी महिला, दलित, आदिवासी, जनजाती र विपन्न समुदाय एवं पछाडि परेका जनसमुदायलाई लघु उद्यम कार्यक्रममा सहभागी गराउने नीतिलाई निरन्तरता दिईने छ।
लक्षित समुदायमा आय आर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिईने छ।
गुणस्तरहीन एवं म्याद नाघेका बस्तुहरुको विक्री वितरणलाई रोक्न प्रभावकारी कदमलाई निरन्तरता दिईने छ।
वेरोजगार युवालाई लक्षित गरी स्थानीय साध स्रोत उपयोग हुने गरी उद्योग कलकारखाना खोल्न प्रोत्साहन गरि वन तथा वनस्पति जन्य उद्योगहरुको स्थपना गरी आय आर्जनमा वढबा दिईने छ ।
पर्यटन तथा संस्कृति
जलजला गाउँपालिकाको नामांकरण भएको जलजला क्षेत्रको विकासमा पर्यटन क्षेत्रलाई महत्वका साथ प्राथमिकतामा राखी धार्मिक, साँस्कृतिक पहिचान झल्कने कार्यक्रम गरिनेछ साथै गाँउपालिका भित्रकाप्राकृतिक एवं ऐतिहासिक स्थलहरु देवालय, शिवालय, गुम्बाहरुको पहिचान, संरक्षण र संवर्दन गर्ने नीति लिइनेछ ।
जलजला, बराहताल ,कोतघर, पुर्णगाउँ बराहताल, जयले राममन्दिर, चन्द्रेश्वर शिवालय लेखफाँट, सिदगुफा, लोप्रे, वनवढे, भुमेथान, खनियाँघाट शिवालय, हल्जुरे तथा अन्य संभाव्यक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास र प्रचारप्रसार गरिने छ।
वनौको हल्जुरे स्थित डाँडाँबाट सुर्योदयको दृष्य गर्नका लागी आवश्यक संरचना बनाइनेछ । साथै वनौ पिकनिक स्पटबाट तिनवटा जिल्लाको मनमोहक दृश्य देखिने हुँदा सो स्थानमा पर्यटन पुर्वाधार बनाउने निति अवलम्वन गरिनेछ ।
पर्यटकीय, ऐतिहासिक, धार्मिक स्थलहरु, देवालय, शिवालय, गुम्बाहरुको संरक्षण र सम्वर्दन गरी थप प्रचारप्रसार गरि पर्यटनसँग | जोड़ने नीति लिईने छ ।
वेरोजगार युवाहरुका लागी आवश्यकताअनुसार वाइरीङ, पलम्विङ ,मोवाइल तथा इलेक्ट्रोनिक्स मर्मत, नाइ, पशु कार्यकर्ता तालिम, सिलाइ वुनाइ तालिम सञ्चालन गरिनेछ ।
सामाजिक बिकास
शिक्षा
कोरोना भाइरस महामारीको कारण पठनपाठनमा सृर्जना भएको अबरोधलाई मध्यनजर गरी भर्चुअल कक्षा सञ्चालन, अनलाईन शिक्षा तथा रेडियो एवं टेलिभिजन मार्फत वैकल्पिक शिक्षा सञ्चालन गरी नयाँ शैक्षिक वर्षको पठनपाठन अगाडी बढाईनेछ।
आधारभुत बाल विकास केन्द्र तथा लक्षित समूहका बालबालिकाहरुको पहुच बढाउन विभिन्न प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
सामुदायिक विद्यालयहरुको पूर्वाधार विकासमा जोड दिने नीति लिईनेछ।
गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरु मध्य कम्तिमा १ विद्यालयलाई प्राविधिक विद्यालय र १ विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्ने नीति लिइनेछ।
प्राविधिक विषय राखि विद्यालय सञ्चालन गर्ने विद्यालयलाई प्रोत्साहन गर्ने नीति लिइनेछ।
विद्यालय पहुंच बाहिर रहेका तथा विचैमा कक्षा छाडने बालबालिकालाई विद्यालय भित्राउन आवश्यक पहल गर्ने नीति लिइनेछ ।
कक्षा ५ सम्मका विद्यार्थीहरुका दिवा खाजाको कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
ससर्त कार्यक्रम मार्फत विद्यालय तहमा अध्ययन गर्ने बालबालिकालाई छात्रवृत्री उपलब्ध गराउने नीति लिइनेछ।
कम्तिमा ३ महिनाको १ पटक विद्यालयहरुको अनुगमन गरी विद्यालयलाई प्रवर्द्धन गर्ने नीति लिईनेछ
सबै आधारभुत तह र माध्यमिक तहका विद्यालयहरुमा ईन्टरनेट जडान गरिनेछ। अंग्रेजी माध्यमको पठनपाठनलाइ कक्षा ४ सम्म विस्तार गरिनेछ सोका लागी निशुल्क पाठयपुस्तक उपलव्ध गराइनेछ ।
गाउँपालिकाको सामुदायिक सिकाई केन्द्रहरुलाइ प्रभावकारी वनाउदै लगिनेछ।
शिक्षक दरवन्दी मिलानको कार्य सम्पन्न गरिनेछ । विद्यालय समायोजन कार्यक्रमलाइ प्रभावकारी रुपमा अगाडी वढाइ वडाको भौगोलिक अवस्थालाइ मध्यनजर गर्दै विद्यालय वस सञ्चालन गरिनेछ ।
जलजला गाँउपालिका अध्यक्ष हातेमालो कार्यक्रम सञ्चालन गरिनेछ । यो कार्यक्रम मार्फत महिला, एकल महिला, वालवालीका, युवा, दलित, जनजाती, फरक क्षमताहुनेहरु ग र घ वर्ग, परम्परागत व्यवसायमा आधारित उदयोग र साना उदयोग सम्वन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
विपन्न दलित र पछडी परेका वर्गका वालवालीकाहरुका लागी शैक्षीक गुणस्तर सुधार गर्न निशुल्क कापी, कलम, किताब तथा पोसाकको व्यवस्था मिलाइनेछ ।
स्वास्थ्य
कोभिड १९ महामारी लगायत संक्रामक रोग रोकथाम, नियन्त्रण र उपचारको लागि गुणस्तरीय स्वास्थ्य सेवा, औषधि एवं उपकरणको व्यवस्था गरिनेछ ।
कोभीड १९ का कारण उत्पन्न भएको मनोवैज्ञानिक त्रासलाई न्यूनीकरण गर्न प्रदेश सरकार संग आवश्यक समन्वय गरिनेछ।
जनस्वास्थ्यसँग सम्बन्धित प्रतिरोधात्मक, निदानात्मक, प्रवर्द्धनात्मक उपचारात्मक तथा निरोधात्मक स्वास्थ्य सेवाहरु प्राथमिकतामा राखी स्वास्थ्य सेवाको सिद्धान्त अनुसार संञ्चालन गरिनेछ । संञ्चालनमा रहेको अत्यावश्यक स्वास्थ्य सेवालाई विस्तार गरिनेछ ।
स्वास्थ्य सेवाबाट बन्चित गाउँवासी, आदिवासी जनजाती, दलित, अपाङ्ग, जेष्ठनागरिक) लाई लक्षित गरी स्वास्थ्य सम्बन्धी चेतनामुलक र विशेष लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईनेछ।
महिला स्वास्थ्य (प्रजनन स्वास्थ्य) र बाल स्वास्थ्य खोप पोषणमा थप जोड दिइने छा
स्वास्थ्य विमा गराउन सबै गाउँपालिका बासिलाइ प्रोत्साहित गरिनेछ ।
महिला स्वास्थ्य (प्रजनन स्वास्थ्य र बाल स्वास्थ्य खोप पोषणमा थप जोड दिइने छ ।
स्वास्थ्य बिमा गराउन सबै गाउँपालिकाबासीलाई सचेतनामूलक कार्यक्रम संञ्चालन गरिनेछ।
गाउँघर क्लिनिक मार्फत आम नागरिकहरुको टोलमा पुगी प्रेसर, सुगर लगायतका स्वास्थ्य परीक्षण गर्ने नीति लिइनेछ।
माझफाँट स्वास्थ्यचौकीबाट ल्याब सेवा उपलब्ध गराइसकिएको छ । सो स्वास्थ्य चौकी अस्पतालमा परिणत हुने क्रममा रहेकाले स्वास्थ्य उपकरणहरुको विकास गरिनेछ ।
स्वास्थ्य इकाइ सेवालाई विस्तार गर्ने नीति लिइनेछ।
स्वास्थ्य चौकि जलजला २ खाल्टीको भवन ब्यबस्थापनको लागि प्रदेश संघसंग समन्वय गरिनेछ ।
स्वास्थ्य संस्थामा सुरक्षित प्रसुतीका लागि प्रोत्साहन गर्न वर्थीङ सेन्टर थप गर्ने नीति लिईनेछ।
गाँउपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाइ प्रविधियुक्त वनाइनेछ । जग्गा व्यवस्थापन भएका वडाहरुमा स्वास्थ्य संस्थाको भवन वनाउन आवश्यक पहल गरिनेछ ।
खानेपानी तथा सरसफाई
खानेपानी सुविधा नपुगेका ठाउँमा जनताको पहुँच विस्तारका साथै खानेपानीको गुणस्तरमा समेत ध्यान दिइनेछ ।
एक घर एक धाराको नीतिलाई क्रमश बिस्तार गर्दै जाने नीति लिइनेछ ।
सरसफाई कार्यक्रमलाई खानेपानी आयोजनाको अभिन्नअङ्गको रुपमा संञ्चालन गरिने छ । गाउँक्षेत्रको सरसफाइ कार्यलाई तिब्रता र निरन्तरता दिइनेछ।
फोहरमैला व्यवस्थापनको लागि फोहरलाई कुहिने र नकुहिने छुट्याइ विसर्जन गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।
महिला
महिलाहरुको क्षमता अभिवृद्धिको लागि आधुनिक सीप तथा तालिम लगायतका कार्यक्रमहरुलाइ निरन्तरता दिइनेछ ।
महिलाहरुको आयमा बढोत्तरी हुनेखालका चेतनामुलक तथा सीपमुलक कार्यक्रम र क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
महिला हिंसा तथा महिलालाई गरिने दुर्व्यवहार रोक्न शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ
महिलालाई समूह समिति गठन गरी सहकारीमा आबद्ध गराइने नीति लिइनछ । एकल महिलालाई सहकारीमा आबद्ध गराई सहकारीका माध्यमबाट विभिन्न चेतनामूलक कार्यक्रम संञ्चालन गरी समाजमा आत्मा सम्मानका साथमा जिवन जिउन प्रेरित गरिनेछ ।
बालबालिकालाई सबै किसिमका दुर्व्यवहार, यातना, अपहरण र भेदभावमुक्त बनाउन आवश्यक पहल गरिनेछ
सार्वजनिक विद्यालयहरुमा अध्ययनरत विपन्न बालबालिकाहरुको स्वास्थ्य तथा पोषण सम्बन्धि विशेष लक्षित कार्यक्रम संञ्चालन गर्ने नीति लिइनेछ।
सार्वजनिक विद्यालहरुमा बालक्लब गठन गरिनेछ। बालक्लब गठन भईसकेकाहरुका लागि निरन्तरता दिइनेछ ।
फरकक्षमता भएकाहरु
विश्वव्यापी मापदण्ड अनुरुप सडक, यातायात, सार्वजनिक स्थल, सरकारी भवन, अस्पताल र विद्यालयहरु अपाङ्गमैत्री बनाउदै लगिनेछ ।
सामाजिक आर्थिक पूर्वाधारहरुको विकास गरी अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापनका अवसरहरुको सिर्जना गरिनेछ।
अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि उनीहरुका संस्थाहरु तथा सरकारी एवं राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुबीच अन्तरसम्बन्ध, सहकार्य, सहयोग र समन्वयलाई सुदृढ बनाईने नीति लिइनेछ।
अपाङ्गता भएकाहरुको तथ्याङ्क अद्यावधिक गरी अपाङ्गताको प्रकृतिका आधारमा कार्ड वितरण गरी आवश्यक सहयोग गर्ने नीति लिईनेछ।अपाङ्गता भएका, गाउँपालिकामा सुचिकृत व्यक्तिहरुलाई गाँउपालिकाको स्वास्थ्य संस्थामा टिकट र प्रयोगशाला शुल्क निशुल्क गरिने छ।
युवा तथा रोजगारी सम्बन्धी नीति
संघ प्रदेश र स्थानीय तहमा समान, रोजगारीको अवसर, स्वरोजगार श्रम व्यवस्थापन र सामाजिक संरक्षणका लागि निम्नानुसारका रोजगारी सम्बन्धी नीतिहरु अबलम्बन गरिनेछ .
मजदुरी गरेर खाने वर्गका लागी ६० वर्ष कटेपछी राहात होस भन्नका लागी मजदुर पेन्सन कोष योजना सञ्चालन गरिनेछ ।
बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरि युवाहरुको विदेश पलायनदरलाई न्यूनीकरण गर्न साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण रोजगारी गुमाएका तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका युवाहरुलाई उनीहरूले विदेशमा सिकेको ज्ञान, सीप र दक्षताको उपयोग गर्न गाउँ प्रमुखसँग रोजगार कार्यक्रम संचालन गरिनेछ ।
गाउपालिकामा उपलब्ध हुने स्रोत तथा साधनलाई एकिकृत गरि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिनेछ ।
निर्माण व्यवसायी ठेकेदारबाट सम्पन्न गरिने सार्वजनिक निर्माण कार्यमा रोजगार सेवा केन्द्रमा सुचीकृत बेरोजगारलाई प्राथमिकता दिनुपर्ने प्रचलित कानूनको कार्यान्वयनमा उचित व्यवस्था गरिनेछ ।
स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा उपयोग गरी रोजगार सेवा केन्द्र र विभिन्न रोजगार प्रदायक संघ संस्था, वित्तीय संस्था, गैर सरकारी संस्था तथा सरोकारवाला निकाय विच समन्वय गराई सार्वजनिक पूर्वाधार निर्माण, कृषि उत्पादन, उद्योग, कलकारखाना, वित्तीय क्रियाकलाप, सामाजिक विकास आदिको क्षेत्रमा रोजगारीको सिर्जना गरिनेछ
बेरोजगारहरुको ज्ञान सिप योग्यता अनुभव र बजारको मागको आधारमा आवश्यक पर्ने सिप तथा क्षमता विकास तालिमको पहिचन गरि सम्बन्धित तालिम केन्द्रमा सिफारिस गरिनेछ
युवा तथा बेरोजगारहरुलाई प्राथमिकतामा राखी दिगो रुपमा कृषि उत्पादन, उद्यम विकास तथा स्वरोजगारमुलक कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
बेरोजगारहरुको ज्ञान सिप योग्यता अनुभव र बजारको मागको आधारमा आवश्यक पर्ने सिप तथा क्षमता विकास तालिमको पहिचान गरि सम्बन्धित तालिम केन्द्रमा सिफारिस गरिनेछ
युवा तथा बेरोजगारहरुलाई प्राथमिकतामा राखी दिगो रुपमा कृषि उत्पादन, उद्यम विकास तथा स्वरोजगारमुलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
हरेक वडामा रहेका परम्परागत व्यवसायहरु जस्तै नौमती बाजा,आरान, सिलाइ वुनाइ व्यवसायलाइ प्रवर्दन गरिनेछ ।
पूर्वाधार विकास
भौतिक पूर्वाधार
गाउँपालिका केन्द्रलाई जिल्ला सदरमुकामसम्म जोडने मालढुँगा वेनी सडकको स्तरउन्नतीको काम शुरु हुन लागेको छ भने गाउँपालिकाको केन्द्रबाट वडा केन्द्र जोड्ने सडकहरु निर्माण, स्तरउन्नति तथा कालोपत्रे गर्न संघ तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
समुदायबाट पहिचान गरिएका भौतिक पूर्वाधारका क्षेत्रहरुको निर्माणमा जोड दिइनेछ ।
सार्वजनिक तथा निजि क्षेत्रबाट सचालन गरिने हरेक खालका विकास निर्माण तथा सेवा प्रक्रियामा वातावरणलाई विशेष जोड दिइने छ ।
सार्वजनिक सडकको दायाँ बाँया वृक्षारोपण गर्ने नीति लिइनेछ ।पूर्वाधारको विकास एवं निर्माण गर्दा आर्थिक तथा सामाजिक रुपले पछाडी परेका वर्ग समुदाय जाती र क्षेत्र लाभान्वित हुने गर सन्तुलन कायम गर्ने नीति लिईनेछ ।
गाउँपालिका भित्रका रणनीतिक सडकहरुको पहिचानको लागि आवश्यक मापदण्डहरु तय गरि सबैखाले सडकहरु मापदण्ड भित्रको जग्गा लगत कट्टा गर्दै जाने नीति लिईनेछ साथै गाउँपालिका भित्रका सडक र आयोजनाहरुको अभिलेख तयार गरिनेछ ।
हरेक वर्षको चैत्र मसान्तभित्र पूर्वाधार तर्फका आयोजनाहरु सम्पन्न गराउने नीति लिईनेछ आफ्नो वडाभित्रका सबै योजनाहरुको सबैभन्दा पहिला उपभोक्ता समिती गठन, सम्झौता र सम्पन्न गराउने वडालाई आगामी वर्ष दिईने बजेट रकममा थप अंक प्रदान गरिने नीति लिइनेछ।
रोलर, डोजर, एक्साभेटर, विटुमिन प्रयोग हुने योजनाहरु ठेक्का प्रकृयाबाट गर्ने र उपभोक्ता समितिको नगद लागत सहभागिता हुने र वास्तविक जनसहभागिता जुट्ने योजनाहरु उपभोक्ता समितीमार्फत गर्ने नीति लिईनेछ।
बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी नीति
यस गाउँपालिकाको वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभुत मापदण्डलाई कडाइका साथकार्यान्वयन गरिनेछ।
भूकम्प प्रतिरोधी भवन निर्माण आचार संहितालाई प्रभावकारी रुपमा सञ्चालन गर्दै लगिनेछ।
सरकारी भवनहरु निर्माण गर्दा अपाङ्गमैत्री भएमा मात्र नक्सापास गर्ने नीतिलिइने छ।नक्शा पास गराउन र भूकम्प प्रतिरोधी भवन बनाउन आवश्यक तालिम र सचेतनामूलक कार्यक्रम संञ्चालन गरिनेछ। सडक मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने नीति लिईनेछ।
उर्जा र वैकल्पिक उर्जा
राष्ट्रिय तथा शाखा लाइनको विस्तारका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
बैकल्पिक उर्जाको उपयोगलाई प्राथामिकता दिने नीति लिइनेछ ।
साना जलबिधुत आयोजनाको र्निमाण र उपयोग सम्बन्धमा अध्ययन गर्दै जाने नीति लिइनेछ
बिपद तथा बाताबरण ब्यबसथापन
वातावरण तथा विपद व्यवस्थापन
नाङ्गा डाँडाहरूमा वृक्षारोपण गर्ने नीतिलाई अगाडी सारिनेछ ।
वन क्षेत्रमा उपलब्ध हुने अम्रिसो, कुरीलो, लप्सी, जस्ता विभिन्न जडीबुटीलाई व्यवसायीक खेती तर्फ उन्मुख गरी आय आर्जनको माध्यम बनाउने नीति लिइनेछ ।
बन र वनक्षेत्रलाई व्यवस्थापन गरी आयमुलक क्षेत्रको रुपमा विकास गर्ने नीति लिईनेछ ।
बन, कृषि, भू तथा जलाधार संरक्षण, वातावरण आदि परस्पर सम्बन्धित विषयहरुमा एकीकृतरुपमा योजना सञ्चालन गर्ने नीति अनुशरण गरिनेछ ।
बन पैदावरमा आधारित लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।
समूहद्वारा बिरुवा उत्पादन गर्ने नीति लिइनेछ
बन फँडानीलाइ निरुत्साहित गरी लोपोन्मूख वन्यजन्तु संरक्षणमा जोड दिने नीति लिइनेछ।
क्षतिपूर्ति बृक्षारोपणलाई अनिवार्य गराईनेछ । एक व्यक्ति एक फलफूलको बिरुवाको नीतिलाई अघि बढाइनेछ ।
एक घर एक बिरुवाको नीतिलाइ नक्सापाससँग आबद्द गर्दै निरन्तरता दिइनेछ ।
बनमा डडेलो लगाउन प्रतिबन्ध लगाइनेछ ।डडेलो लगाउनेलाई कडा कारबाही गरिनेछ।
बन्यजन्तुहरुको चोरी निकासीको कार्यलाई निरुत्साहित गरिनेछ ।
पानीको स्रोतको दिगोपनाको लागि पुराना कुवा मुहान तथा पोखरीहरूको मर्मत सम्भार गर्ने नीति लिइनेछ ।
प्राकृतिक वातावरणको संरक्षण, पुनःस्थापना र दीगो उपयोगमा जोड दिईनेछ।
पानीको मुहान तथा पोखरीहरुको संरक्षणमा ध्यान पुर्याईनेछ।
विपद् व्यवस्थापनः
बाढी पहिरो आगलागी लगायतका प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएकाहरुका परिवारका लागि खोज उद्दार राहतको सेवा उपलब्ध गराइने नीति लिइनेछ ।
विपद् व्यवस्थापनमा सुरक्षा निकाय, टोल विकास संस्था, गैससको सहयोग लिने नीति लिईनेछ । क्षतिको मूल्यांकनका आधारमा न्यूनतम राहत उपलब्ध गराइने नीतिलाई निरन्तरता दिइनेछ ।
विपद प्रतिकार्य योजना लागु गरिनेछ । विपदपछाडीको उददार तथा राहात प्रणालीलाइ सरोकारवाल सवै निकाय तथा संघ संस्थाहरु सँग समन्वय गरी एकद्वार प्रणालिबाट सञ्चालन गर्ने निति लिइनेछ ।
बन, वातावरण र विपद व्यवस्थापन क्षेत्रमा लगानी गर्ने नीति लिइनेछ ।
सार्वजनिक जग्गा संरक्षण
गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक जग्गाहरुको संरक्षणको लागि विशेष पहल गरिने छ ।
गाउँपालिका क्षेत्र भित्रकाप्रतिजग्गाको लगत लिई संरक्षणको कार्यलाई अगाडि बढाईने छ। प्रति जग्गाको उपयोग गरी आय आर्जनको रुपमा परिमाण गर्न योजना र कार्यक्रमहरु बनाई कार्यान्वयन गरिने छ । साथै सरकारी जग्गाहरुको समेत लगत लिई व्यवस्थित गरिने छ। सार्वजनिक जग्गामा बनेका घर, भवन, सटर, टहरा, घुम्ती, जग्गा जमिनहरुलाई गाउँपालिकाको दायरामा ल्याउने नीतिलाई निरन्तरता दिइने छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन
कार्यालय व्यवस्थापनः
गाँउपालिकाको प्रशासनिक भवन निर्माण शुरुवात गरिनेछ । कार्यालय भवन नबनेका वडा कार्यालयहरुका लागि यथाशिघ्र भवन बनाइनेछ भने भवन भएका वडा कार्यालयहरुलाई अझ व्यवस्थित र सेवाग्राही मैत्री बनाइने छ ।
गाउँपालिकाबाट तोकिएको समयभित्र तोकिएको कार्य गर्ने, तोकिएको मितिमा बडाको बैठक बस्ने, मासिक रिपोर्ट बुझाउने, वडाध्यक्ष र वडासचिवले आफु बिदामा बस्नु अघि माथिल्लो तहबाट स्वीकृति लिने, वडाध्यक्षले ३ दिनभन्दा बढी बिदामा बस्दा वडा सदस्यलाई कार्यवाहक दिने, कार्यालयमा उपस्थित कर्मचारीले पोशाक लगाउने, सम्बन्धित वडाका जनप्रतिनिधि वा कर्मचारीको नाममा शुन्य बेरुजु कायम गर्ने नीति लिइनेछ ।
वडा सचिव लगायतका वडा र गापाका कर्मचारीलाइ एवं सहयोगिहरुलाइ तालिम र प्रोत्सानको निरन्तरता दिइनेछ ।
सुचना प्रविधि
आगामि आ.बमा गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुबिच ईन्टरनेटमा आधारित सफ्टवयहरुमा जोड दिइनेछ । रिपोर्ट पेश गर्ने र स्वीकूत गर्ने अभ्यासलाई थप चुस्त बनाइनेछ ।
गाउँपालिकाको केन्द्र र वडा केन्द्रमा (टेलिफोन र इन्टरनेटको) सिधै सञ्चार सञ्जाललाई बैकल्पिक प्रविधि सहित थप चुस्त बनाईने छ ।
सबै आधारभुत तह स्तरको विद्यालयहरु, स्वास्थ्य केन्द्रहरु र सरकारी निकायहरुमा इन्टरनेटको पहुच पुयाउने नीतिलिईने छ ।
जलजला गाउँपालिकाको क्षेत्राधिकार भित्र रहेको सम्पूर्ण विषयगत शाखाहरुको तथ्याङ्क व्यवस्थित र सुरक्षित राख्नको लागि सफ्टवेरमा आधारित स्थानीय तथ्याङ्क व्यवस्थापन प्रणालीको व्यवस्था गरि अभ्यास सुरु गर्ने नीति लिईने छ।
जलजला गाउँपालिकाको राजस्व व्यवस्थापन प्रणाली, व्यवसाय दर्ता प्रणाली ,नगदी रसिन संकलन प्रणालीलाई चुस्त र प्रभावकारी बनाई वडा वडामा विस्तार गरिनेछ ।
सुचना प्रविधिमा आधारित प्रणालीहरु एक द्वार प्रणाली मार्फत व्यवस्थापनको नीति लिईने छ।
यस गाउँपालिकाको वडा कार्यालयहरुमा इहाजिरि व्यवस्थापन प्रणालीको अभ्यास गर्ने नीति लिईने छ ।
राजस्व सम्बन्धी नीतिहरु
आन्तरिक आयका नयाँ र स्थायी स्रोतहरुको खोजी गरिने नीति लिईनेछ।
व्यवसाय कर, सम्पति कर जस्ता करहरु तिरी गाउँपालिकाको विकासमा मैले पनि योगदान गर्नुपर्छ भन्ने मान्यताको विकास गराउनेनीति लिईनेछ।
अनलाईन सिष्टमबाट राजश्व संकलन गर्ने नीतिलाई निरन्तरता दिईनेछ । आगामी वर्ष सबै वडामा अनलाईनको प्रभावकारी सेवा स्थापना गरिनेछ । घरमै वसेर इ पेमेण्ट गर्न सक्ने गरी व्यवस्था मिलाइनेछ ।
अनलाइन सिष्टमबाट राजश्व संकलन गर्ने नीतिलाई निरन्तरता दिइनेछ । आगामी वर्ष सबै वडामा अनलाईनको प्रभावकारी सेवा स्थापना गर्न विशेष पहल गरिनेछ ।
पेश्की /बेरुजु फछ्यौट सम्बन्धी नीतिहरु
उपभोक्ता समितिलाई पेश्की दिने कार्यलाई निरुत्साहित गरिनेछ।तिनलाख भन्दा तलका योजनाम पेश्की उपलव्ध गराइनेछैन ।
हालसम्मको बेरुजुलाई यकीन गरी फछॉट गर्न गराउन लेखा समितिलाई सक्रिय गरी कार्य अघि बढाइनेछ ।
पुरानो पश्की फछ्यौट बाँकी रहेका व्यक्ति वा संघसंस्थाहरुलाई अबिलम्ब पेश्की फछयौट गराउन आवश्यक पहल गरिनेछ ।
हालसम्मको बेरुजुलाई शून्यमा झार्ने नीति लिईनेछ ।
लेखापालन तथा लेखा व्यवस्थापन सम्बन्धी नीति
लेखा व्यवस्थापन तथा लेखापालनलाई मित्तव्ययी र प्रभावकारी बनाइनेछ।
सार्वजनिक खर्चको मित्तव्ययीतालाई विशेष ग्राहयता दिईनेछ ।
गाउँपालिकाको आय व्यायलाई मासिक रुपमा सूचना पाटी तथा वेवसाईटमा सार्वजनिक गरिनेछ।
कर्मचारी प्रशासन
कर्मचारीको मनोबल उच्च पार्ने नीति लिईनेछ । कार्यालयको हीत र आन्तरिक आयमा सक्रिय रुपमा लाग्ने कर्मचारीलाई उत्कृष्टकर्मचारी घोषणा गर्न आवश्यक मापदण्ड तयार गरिने छ।
कर्मचारीलाई सेवाप्रति लगनशील र कर्तव्य निष्ठबनाउन दण्ड र पुरस्कारको नीति कार्यान्वयनमा ल्याईनेछ ।
सुशासनका मान्यताहरुलाई आत्मसात गर्दै आधारभुत समयअनुकुलको व्यवहर गर्दै लगिने छ
कार्यालयको उजुरीपेटीका मार्फत उजुरी गुनासाहरुलाई दैनिक रुपमा प्राप्त गरी फछ्यौट गर्दै जाने नीति लिइनेछ।
गाउँपालिकाका वडाहरुमा अनलाईन घटना दर्ताको कार्यलाई थप व्यवस्थीत गरिनेछ।
गाउँसभा सदस्यहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरु,
यस गाउँपालिकाको वार्षिक नीति र कार्यक्रमहरु तर्जुमा एवं गाउँसभाको तयारीको क्रममा विभिन्न चरणमा आफ्नो अमूल्य सुझाव र सहयोग सहित सहभागी हुनु भएका उपाध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, लेखा अघिकृत, सामाजिक बिकास अधिकृत, वडाध्यक्षहरु गाउँकार्यपालिकाका सदस्यहरु गाँउसभा सदस्यहरु, विषयगत समितिका संयोजक तथा सदस्यहरु राजनितिक सल्लाहकार, कानुनी सल्लाहकार ,वडा सचिव लगायत गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु, शिक्षक, जनसमुदायहरु, राजनितिक दलका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार मित्रहरु, सुरक्षाकर्मी लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुमा समेत हार्दिक आभार व्यक्त गर्न चाहन्छु । निति तथा कार्यक्रम तर्जुमा देखी आजको यस घोषणा समारोहलाई सफलता पूर्वक सम्पन्न गर्ने समयसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु तथा पदाधिकारीहरुले पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
अन्त्यमा, यस गाउँ सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम माथी छलफल गरी यहाँहरुवाट प्राप्तहुने महत्वपूर्ण सुझाव र सल्लाहलाई आत्मसाथ गर्ने वाचा गर्दै यहाँहरु सवैको सहयोगको अपेक्षाका साथ विदा हुने अनुमति चाहन्छु ।
धन्यवाद ! याम बहादुर मल्ल
अध्यक्ष