१३ असार २०७९, सोमवार

धौलागिरि अस्पताल गण्डकीकै उत्कृष्ट !

बागलुङमा रहेको धौलागिरि अस्पताल गण्डकी प्रदेशका ‘सेकेण्डरी ‘ए’ लेभल’का अस्पतालहरुमा उत्कृष्ट भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले गरेको अध्ययनमा अस्पताल उत्कृष्ट घोषित हुँदै पहिलो भएको हो । सोमबार निर्देशनालयले गराएको जानकारी अनुसार प्रदेशभर रहेका ‘ए’ लेभलका तीन वटा अस्पतालमध्ये धौलागिरी अस्पतालले न्युनतम मापदण्ड पुरा गरेको पाईएको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिग्राम शर्माले जानकारी दिए ।  
विभिन्न मापदण्ड बनाएर गरिएको सर्वेक्षणमा १ सय पूर्णअंकमा अस्पतालले ७३ नम्बर प्राप्त गरेको शर्माले शताए । 
अस्पतालको सबैभन्दा राम्रो अंक अप्रेसन थियटरमा आएको छ, क्यान्टिनको व्यवस्था नभएकाले १७ अंक गुमेको र अरु सबै मापदण्ड अनुसारको सेवा र पूर्वाधार रहेको भन्दै उत्कृष्ट घोषित भएको शर्मा बताउँछन ।
 कोभिड–१९ र अन्य रोगको उपचार तथा प्रशासन र पूर्वाधारको समेत मुल्यांकन गरेर अस्पतालहरुको स्तरीकरण गरिएको हो । प्रदेशभर रहेका जिल्ला अस्पतालहरुको स्तरीकरणमा जिल्ला अस्पताल पर्वत प्रथम भएको थियो । धौलागिरि अस्पतालमा रहेको जनशक्ति, उपलव्ध सेवा, सेवामा चुस्तता, पूर्वाधार लगायतका शिर्षकमा मुल्यांकन भएको थियो ।
 गण्डकीमा रहेका अन्य सबै अस्पताल जिल्ला अस्पतालको रुपमा रहेका छन् भने गण्डकी अस्पताल पोखरा प्रादेशिक अस्पताल हो । 

Leave a Reply

Your email address will not be published.