१६ चैत २०७९, बिहिवार

नयाँ म भएर बाँच्दा !

“नयाँ म भएर बाँच्दा”
मनिषा कोइराला

*********
(क्यान्सर जितेकी नायिका मनिषा कोइराला मृत्युको नजिक पुग्दाका अनुभूतिहरु उनको पुस्तक “जिजीविषा” भित्रबाट)

जब तपाईंलाई आफू कति टाढा पुग्न सक्छु भनेर सन्देह लाग्छ, तब सम्झनुस्, तपाईं कति टाढा आइपुग्नुभयो आफ्ना सम्पूर्ण भोगाइ, लडेर जितेका युद्ध र पराजित गरेका डरहरूलाई याद गर्नुहोस्
अज्ञात


महिनौको आत्माभित्र गरिएको अथक गोडमेलपछि म एक नयाँ साथीसँग परिचित भएकी छु- मनीषा यो प्रसन्न, विद्वान्, आत्मविश्वासी उज्ज्वल नयाँ व्यक्ति छेउमा राखेर म विश्वसँग साक्षात्कार गर्न तयार भएकी छु जीवनले मेरा अगाडि राख्ने नयाँ चुनौतीहरूका लागि म तयार छु मैले चुनौतीहरूको सामना गर्न नयाँ सीपहरू विकास गरिसके ।
“नयाँ म’ले मभित्र कोइराला महिलालाई जन्म दिएको छ । यो पात्र मैले अभिनय गर्दा मभित्रै थियो । मलाई १९४२ अ लभ स्टोरीका लागि स्क्रिन टेस्ट दिँदाको समय सम्झना छ । वरिष्ठ फिल्म निर्माता विधुविनोद चोपडाले मलाई एउटा दृश्य गर्न बोलाउनुभएको थियो तर अन्तिममा उहाँले दिनुभएको प्रतिक्रियाले म हतोत्साहित भएकी थिएँ, मनीषा, तिमी खत्तम रहिछ्यौ । तिमी एकदमै खराब अभिनेत्री रहिछ्यौ ।”
मेरा लागि त्यो स्वीकार्य थिएन । मभित्रको लडाकु महिलामाथि यो चुनौती थियो । मैले उनीसँग दोस्रो अवसर र तयारी गर्न २४ घण्टाको समय मागे । घर फर्किएपछि मैले आफ्ना लाइनमा पूर्ण रूपमा डुबेर बोल्ने अभ्यास गरे, घरीघरी त्यही दोहोन्याइरहँदा मेरी आमा मेरो अवस्था देखेर तनावमा आउनुभयो “के गरेको यो आफूले आफूलाई ? यो फिल्म तिमीले नपाए पनि केही छैन । यसका लागि आफूलाई नमार ।”
अर्को दिनको प्रदर्शनमा मैले आफ्नो आत्मा ने छताछुल्ल बनाइदिएँ ।
विषु धेरै बेर एकोहोरिएर चुपचाप बसे केही समयपछि उनले भनेका शब्दले मेरा आँखाबाट आँसु झरे, यदि तिमीले हरेक सिनमा यसै गरी आफ्नो मन र आत्मा दिने बाचा गछ्यौ भने म माधुरी दीक्षितको स्थानमा तिमीलाई यो फिल्ममा लिन्छु । मनीषा, हिजो तिमी शून्य थियो आज सय छौ ।
यसरी म १९४२ मा अनुबन्धित भएकी थिएँ यो फिल्म बक्स अफिसमा हिट भयो र समीक्षकहरूले मभित्र प्रतिभाको खानी नै रहेको भनेर प्रशंसा गरे परिवर्तित मैले केही स्पष्ट सीमा तोकेकी छु मेरो निरन्तरको सङ्घर्ष भनेको मभित्रको कठोरतालाई तोड्नु तर कमजोर नहुनु हो के मलाई अब पनि प्रेमी चाहिन्छ ? अवश्य चाहिन्छ तर अब म कसैलाई पनि मेरो पावन क्षेत्रमा प्रवेश दिँदा उसको बृहत् परीक्षा लिनेछु । म पुनः मेरो हृदयलाई चोट दिन चाहन्नँ त्यसो भए मैले के खोजिरहेकी छु त ? जो मेरो छ, समानान्तर मलाई बुझ्छ र मेरा जीवन भोगाइलाई आदर गर्छ । यस्तो साथी जसले आफ्ना समस्याहरूको समाधान गरेको छ वा गर्न प्रक्रियामा छ । जसले मलाई मेरा समस्या समाधान गर्न सहयोग गर्छ र मलाई पनि आफ्नो समस्या समाधान गर्न स्थान दिन्छ केही शब्दमा भन्नुपर्दा, परिपक्व, आध्यात्मिक, आर्थिक रूपमा स्थिर आफ्नो काममा पूर्ण र सुन्दर के मेरो यो माग धेरै हो ? हुन सक्छ । के मैले यस्तो व्यक्ति पाउँछु ? थाहा छैन के यसमा म केही सम्झौता गर्न सक्छु ? सक्दिनँ ।
त्यस्तो व्यक्तिसँग भेट नहुँदासम्म आफ्नो खोलमित्र रमाउने सिपी कीरा जस्तै म आफैँसँग आत्मनिहित, पूर्ण र खुसी रहन्छु ।
त्यसो भए के क्यान्सरले ममा परिवर्तन ल्याएको हो ? हो बर्खाको पानीले हिजोको फोहोर बगाएझै मेरो नयाँ बिहानीमा मैले आफूलाई सम्पूर्ण नचाहिँदा बन्धनहरूबाट मुक्त गरे डिजाइनरले डिजाइन गरेका कपडा र ब्यागहरू मेरा लागि अब मात्रै वस्तु हुन्, अपरिहार्य वस्तु होइनन् सम्बन्धहरू अति मूल्यवान् छन्, केवल समय कटाउने मेलो होइनन् । मैले गर्ने नाटक अब केवल पर्दामा मात्रै सीमित छ मेरो संवेदनात्मक जीवनलाई नकारात्मक भाव, विषालु व्यक्ति, परिस्थिति र सम्बन्धबाट मुक्त गर्न मैले धेरै पीडा सहें। अब ती नकारात्मकताको स्थान स्वस्थ र पोषणयुक्त खाना, व्यायाम, योग र प्राणायामले लिएका छन् मैले पुनः फिल्महरूमा काम गर्न पनि थालेकी छु । म यो अवसरप्रति निकै अनुगृहीत छु, जसरी म अचेल जीवनले दिएका हरेक चीजप्रति निकै अनुगृहीत हुन्छु म पहिला एउटा हावाको झोक्कामा नै भाँचिन सक्ने कमजोर रूख थिएँ । अब भने म गहिरो जरा भएको बरको रुखमा परिणत भएकी छु मेरा हाँगा मेरा जीवनका सबै पाटा दर्साउँदै विभिन्न दिशामा फैलिएका छन् प्रेरक वक्ताका रूपमा अहिले म आफ्ना अमूल्य जीवन भोगाइहरू विभिन्न स्कुल, अस्पताल र संस्थाहरूमा गएर बाँड्छु ।
संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या कोषको सद्भावना दूतका रूपमा मैले नेपालको महाभूकम्पमा परेका मान्छेले भोगेका असीम पीडा देखेकी छु उनीहरूलाई सहयोग पुयाउन आफ्नो तहबाट सकेको सहयोग गरेकी छु । त्यसमा धेरै गर्न अझै पनि बाँकी नै छ ।
समाजसेवीका रूपमा में महिला अधिकारको वकालत गर्ने तथा महिला हिंसा अनि वेश्यावृत्तिका लागि नेपाली महिलाहरूको बेचबिखनविरुद्ध काम गर्ने संस्थासँग पनि क्रियाशील रूपमा संलग्न छु ।
मलाई मेरो हृदय विशाल भएको र आत्मा उदार हुँदै गएको अनुभव हुन्छ । मेरो यो समय अब निक घमाइलो भएको छ । म समाजलाई केही फिर्ता दिनुपर्छ भन्ने तीव्र इच्छाले ओतप्रोत भएकी छु ।
मलाई लाग्छ, क्यान्सर मेरो जीवनमा एउटा उपहारका रूपमा आयो। मेरा हेराइ तीक्ष्ण भए, मेरा सोच सफा भए, मेरो दृष्टिकोण पुनर्व्यवस्थित भयो । मैले मेरा आक्रोश र तनावहरूलाई शान्त भावमा परिवर्तन गर्न सफल भएँ । तर याद राख्नुस्, म अझै पनि मानिस नै हुँ । त्यसैले कहिलेकाही त नचाहे पनि बाहिर आइहाल्छ । यसको मतलब मैले यसमा अझै काम गर्नु छ । तर म अब वास्तवमै पहिलाभन्दा राम्री व्यक्ति हुँ दयालु, उदार र सच्चा ।
म भित्रैबाट परिवर्तित भएकी हुँ । र त्यहीअनुसार मेरो संसार पनि परिवर्तन भएको छ।

म फिल्म क्षेत्रमा पुनः प्रवेश गर्दा लागेको डर सम्झिन्छु । के मलाई दर्शकहरूले स्विकार्लान् त ? उनीहरूले कस्तो प्रतिक्रिया देलान ?
त्यही बेला मैले दाइसाकु इकेदाका प्रेरणादायी शब्दहरू पढे, जीवन प पाउन नसकिने सम्भावनाहरूले भरिएको छ । त्यसैले हामीले कहिल्यै पनि कसैलाई अवमूल्यन गर्नुहुँदैन । विशेषतः हामीले आफ्नै सम्भावनाहरूलाई पनि सीमामा बाँध्नुहुँदैन । धेरैजसो अवस्थामा हामीले तोकेका हाम्रा सीमा आफ्ने निर्णयका उपज मात्रै हुन् । हिरोइन भएर फिल्म खेल्ने बानी परेको मलाई सुरुमा त चरित्र अभिनेताको रोललाई सहजताका साथ स्विकार्न गाह्रो भयो । त्यसपछि मैले त्यसमा आशीर्वाद देखें अब म आफ्नो संवेदनामा डुबुल्की लगाएर धेरै जटिल, सूक्ष्म भावयुक्त तथा चरित्रहरूका आन्तरिक पत्रपत्रमा व्यापकतासाथ पुगेर तिनलाई जीवन्त रूपमा उतार्न सक्छु ।
फिल्मको मेरो दोस्रो पारी मैले हिच्किचाउँदै कन्नड फिल्मबाट सुरु गरे त्यसपछि मलाई २०१७ मा डियर मायाको अफर आयो त्यो डार्क फिल्म एक जना एक वृद्ध महिलाबारे थियो, जसको अनुहारमा उनका गहन भावनाहरू प्रतिबिम्बित हुन्थे । मेरो आफ्नो जीवनका अन्धकारको गहिराइबाट सिक्दै, प्रेरणा लिंदै मैले कहिल्यै नगरेको अभिनय गरे। के मैले मलाई क्यान्सर रहेको पत्ता लाग्नुपूर्व पनि त्यस्तो अभिनय गर्न सक्थे होला त ? हुन सक्छ के थाहा ? म अहिले कुनै पनि फिल्ममा सोच्दै नसोची अनुबन्धित हुन्नँ । उक्त फिल्म उद्देश्यमूलक र फरक छ भने मात्रै त्यसमा सामेल हुन्छु डिसेम्बर २०१६ मा कास्टिङ डाइरेक्टर मुकेश छाबरियाले मलाई काठमाडौँमा फोन गर्नुभयो । र राजु सर (हिरानी) ले आफ्नो जमानाकी नामुद अभिनेत्री नरगिसको रोल गर्न अफर गरेको बताउनुभयो ५१ वर्षको उमेरमै प्याङ्क्रियाजको क्यान्सरका कारण नरगिसको निधन भएको थियो ।
हुन्न” म भित्रैबाट झस्किएँ ।
यो अफरका हरेक कुरा डरलाग्दा छन् । म कसरी क्यान्सरकी बिरामी भएर अभिनय गरुँ ? म कसरी ती डर पुनः सहन सक्छु ? म कसरी प्रतिभावान् नरगिसजीको नक्कल गर्न सक्छु ? म रणवीर कपुरकी आमा बनेर कसरी खेल्न सक्छु ? उनी त मभन्दा केवल १० वर्ष त कान्छा होलान् ? म अनिर्णीत अवस्थामै १० दिनपछि मुम्बई पुगे र राजु सरलाई सेटमै गएर भेटे ।
उनीसँगको त्यो भेटले मलाई निकै ढुक्क महसुस गरायो मलाई त्यहाँ न्यानो माया र खुसीका साथ स्वागत गरियो कस्तो सकारात्मक वातावरण फिल्म सेट खुसी र समूहभावले भरिपूर्ण थियो त्यसैले त राजू हिरानीका फिल्महरूले पर्दामा राम्रो र न्यानो भावनालाई सुन्दर ढङ्गमा समेटेका हुन्छन् । यी भावनाहरू उनले सुटिङका बेला बीजारोपण गरेको वातावरणबाट ने उत्पन्न भएका हुन् ।
म अनायासै राजु सरका अगाडि गएँ र मुस्कुराउँदै फिल्म खेल्ने जानकारी दिन पुगेँ ।
राजु सरसँग काम गर्दा, इम्तियाजसँग जिस्किँदा र अद्भुत प्रतिभाले • भरिपूर्ण प्यारो रणवीरसँग गफिँदा मैले हाम्रो समयभन्दा फिल्ममा कति परिवर्तन आएछ भन्ने थाहा पाएँ । अब त फिल्म क्षेत्र कति धेरै खुला, मित्रवत्, न्यानो र सुरक्षित भएछ । कस्तो राम्रो कथा, प्रतिभावान् निर्माण टोली र उत्कृष्ट उत्पादन ।
यसको जगमा एउटा मौलिक र अनुपम कार्यको जन्म हुन्छ । यही कारणले गर्दा पनि फिल्ममा अहिले विभिन्न प्रकारका प्रयोग तथा विविधता रहेको देखिन्छ ।
सङ्क्षेपमा भन्दा मलाई यहाँ नयाँ उमेर आएको फिल्म घर प्यारो लाग्छ । यसको सामीप्यमा रहिरहन मन लाग्छ मलाई लाग्छ, मैले ममा रहेको प्रतिभाको एक अंश मात्रै देखाउन सकेकी छु । साँचो अर्थमा अझै धेरै त मभित्रै लुकेर बसेको छ, त्यसलाई निकाल्न बाँकी नै छ
अब मेरा आवश्यकता भिन्न छन् । नयाँ म केवल सामान्य अस्तित्वमा सन्तुष्ट हुँदैन । म आत्मालाई न्यानो महसुस गराउने अपूर्व अनुभवहरू गर्न चाहन्छु । म मेरा शरीरका हरेक कोषहरू खुसीले नाच्ने काम गर्न चाहन्छु । म अगाडि बढिरहनुपर्छ । मैले बल्ल जीवनलाई अँगालेकी छु मलाई लाग्छ, जीवनले पनि मलाई अँगालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *