५ चैत २०७९, आइतवार

पर्वतको एक गाउँ एक हप्ताको लागि शील !

पर्वतको पैंयु गाउँपालिका वडा नं. ७ भोर्ले एक हप्ताका लागि शील गरिएको छ । एउटै वडाका कोभिड शंकास्पद ५० जनाको एन्टिजेन परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि असार १५ गतेसम्मका लागि शील गरिएको हो ।
पैंयु गाउँपालिकाको सिफारीसमा कोभिड व्यवस्थापन समिति पर्वतको बुधवारको बैठकले साविक भोर्ले गाविसको वडा नं. ४ र ५ क्षेत्रमा पर्ने हिले गाउँको पूर्वमा तुलसीखर्क वन, भूमिचोक, पश्चिममा स्वामीडाँडा, भुवनगैरा, उत्तरमा स्वामिडाँडा, भोर्लेखोला, खरिवोट, दक्षिणमा अमलपोखरी, आङमाङ, खोलाभित्र पर्ने चार किल्लालाई जोखिमयुक्त क्षेत्र तोकिएको हो ।
उक्त क्षेत्रका नागरिकहरु एक सातासम्म अत्यावश्यक काम बाहेक हिडडुल नगर्ने, बाहिरी क्षेत्रवाट उक्त गाउँमा प्रवेश नगर्ने, एम्बुलेन्स, दमकल शवबहान, तथा स्वास्थ्य सामाग्री बोकेका सवारी साधन बाहेक अन्य सवारीसाधनहरु उक्त क्षेत्रमासाधन बाहेक अन्य सवारीसाधनहरु उक्त क्षेत्रमा संचालन नगर्न प्रशासनले आदेश दिएको छ उक्त आदेशको अवज्ञा गरे कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जानकारी दिनुभयो । मंगलवार गरिएको परिक्षणमा एउटै बस्तीमा ठुलो संख्यामा संक्रमित भेटिएपछि गाउँ सिल गरिएको पैंयु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो उहाँले स्थानीय नागरिकहरुलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *