१६ असार २०७९, बिहिवार

प्रभु साहलाई प्रमुख अतिथि बनाएपछि नगरसभामा कुटाकुट




१० असार । मौलापुर नगरपालिकाकी मेयर हुन् रीनाकुमारी साह । उनी नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहकी पत्नी हुन् । साह माओवादी छाडेर एमाले प्रवेश गरेका हुन् ।

आज मौलापुरको नगरसभामा प्रभु साह प्रमुख अतिथिका रुपमा निम्तो गरिए । साहलाई प्रमुख अतिथि बनाइएको विरोधमा नगरसभामा झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुँ ग्याँस नै प्रयोग गर्नुपरेको छ ।
रौतहट प्रहरीका अनुसार नगरपालिकाको मेयर रीना कुमारी साह र विपक्षी समूहबीच झडप भएको हो । झडपमा प्रभु साह पक्षधर र उनीविरोधी माओवादी, एमाले र काँग्रेस पक्षधरबीच कुटाकुट भएको हो ।

Leave a Reply

Your email address will not be published.