३ चैत २०७९, शुक्रवार

बिहादीको आठौं गाउँसभा सम्पन्न !

बिहादीको आठौं गाउँसभा सम्पन्न !

पर्वतको विहादी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि  गरेको छ । आठौं गाउँसभामा बिहिबार गाउँपालिकाका उपाध्यक्ष डम्बर कुमारी गुरुङले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्नुभएको हो ।
चालुतर्फ रु २४ करोड ५३ लाख ४० हजार ६ सय ९१ रुपैयाँ र पुँजीगत तर्फ रु. १८ करोड ७४ लाख २९ हजार रकम बिनियोजन गरिएको छ । कुल बजेटमा चालुतर्फ ५६.६९ प्रतिशत र पुँजीगत तर्फ ४३.३१ प्रतिशत विनियोजन गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट प्राप्त बित्तिय समानीकरण अनुदान ७ करोड ९९ लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट ५ करोड ९८ हजार, संघिय सरकार बाट सर्शत अनुदान रु. २१ करोड ६३ लाख, प्रदेश सरकारबाट बित्तिय समानीकरण बाट ८४ लाख ५१ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड बाट २६ लाख ४६ हजार, नेपाल सरकार बाट बिशेष अनुदान बाट ८४ लाख, मालपोत रजिष्ट्रेशन, आन्तरिक कर शुल्क, कालिगण्डकी जल विद्युत रोयल्टी, वन रोयल्टी तथा आर्थिक वर्षमा सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने गरि बजेट ल्याएको बताईएको छ । गाउँपालिकाले पूर्वाधार निर्माण सँगै पर्यटन,कृषि,पशु,उद्योग, शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राख्दै बजेट ल्याएको छ । विहादी गाउँपालिकाको निति तथा कार्यक्रम अध्यक्ष कमल प्रसाद भुसालले बिहिबारनै गाउँसभामा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *