२५ जेठ २०८०, बिहिवार

रघुगङ्गाले दियो स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता !

रघुगङ्गाले दियो स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित दशौँ गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले आगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
उपाध्यक्ष तिलिजाले गाउँसभामा प्रस्तुत गर्नुभएको चालुतर्फ ३० करोड ४३ लाख, पूँजीगत १४ करोड ७५ लाख बजेट विनियोजन भएको छ भने चालुतर्फको कुल बजेटबाट सामाजिक सुरक्षा भत्तामा ८ करोड १० लाख बजेट प्रस्ताव गरिएको छ । त्यसैगरि प्रशासनिक बजेटतर्फ रु ७ करोड २० लाख लगायत कुल ५३ करोड १९ लाख ९ हजार बराबरको बजेट सभाले स्विकृत गरेका छ । प्रदेश सरकारबाट समानिकरणतर्फ रु ८९ लाख ७१ हजार, सशर्त अनुदानमा ५० लाख, नेपाल सरकारको समानिकरण अनुदानतर्फ ८ करोड ३४ लाख, राजश्व बाँडफाटमा ७ करोड ३१ लाख, विशेष अनुदानमा रु २ करोड २८ लाख, सशर्त अनुदानमा रु २० करोड २४ लाख, सम्पुरक अनुदानमा रु ४६ लाख, सम्पुरक अनुदानमा रु ५० लाख, राजश्व बाँडफाँटबाट ५५ लाख बजेट प्राप्त हुनेछ । गाउँपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ७५ लाख, स्वास्थ्य क्षेत्रमा ७ करोड, कृषि, पर्यटन, सहकारी क्षेत्रमा रु २ करोड, पूर्वाधार निर्माणको क्षेत्रमा ९ करोड ६७ लाख, प्रशासकिय भवन निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनु भयो । नीति तथा कार्यक्रम र बजेटमा सुकुम्बासी समस्या समाधान, युवा र महिला सशक्तिकरण, सुत्केरी महिला उपहार कार्यक्रम, शिपमुलक तालिम, विद्यालय सुदृढिकरण लगाएतका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको समग्र अवस्थामा परिवर्तन ल्याउनका लागि आठै वडासम्म पुग्नेगरि नीति तथा कार्यक्रम तयार गरि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । कोरोना सङ्क्रमणका कारण मृत्युभएकाहरुको घरपरिवारलाई रु २५ हजार नगद सहयोग उपलब्ध गराउने र गाउँपालिकाको कोभिड अस्पतालबाट प्रवाह हुने सबै उपचार सेवा निःशुल्क गर्ने समेत बजेटमा उल्लेख गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले मुलुकमा आईपरेको कोरोना, प्राकृतिक प्रकोप लगाएतका विपत्ति र महामारीलाई संघीय संरचनाका कारण व्यवस्थापनमा सहज भएको बताउनुभयो । जिसस प्रमुख देवेन्द्रबहादुर केसीले उद्घाटन गर्नुभएको गाउँसभाले नीति तथा कार्यक्रम र बजेटसंगै आर्थिक ऐन, विनियोजन ऐन समेत पारित गरेको छ ।

(बुलबुल साप्ताहिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *