१७ चैत २०७९, शुक्रवार

राशिफल !

साताको राशिफल !

साताको राशिफल
(असार १ गतेदेखि ७ गतेसम्म)

मेषः प्रेम प्रसंग चल्नुका साथै पारिवारिक सुख बढ्नेछ । आफन्तहरुको सहयोग मिल्नेछ । आम्दानी बढेर जानेछ । अधुरा कामहरु पूरा हुनेछन् भने मन प्रसन्न रहनेछ । साताको शुरुवातमा भने आर्थिक समस्या बढ्नेछ ।
वृषः धार्मिक कार्यमा मन जानेछ । रोजगारीका अवसरहरु मिल्नेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । पुराना साथीहरुको सहयोग बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । साताको शुरुवाति दिनहरुमा भने स्वास्थ्य समस्याहरु आउनेछन्् ।
मिथुनः आयमा वृद्धि हुनेछ । मित्रहरुको सहयोग बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । विपरितल लिङ्गी तथा मान्यजनबाट पूणर् सहयोग मिल्नेछ । मन प्रसन्न रहला । साताको अन्त्यतिर भने कार्यमा ढिलासुस्ती हुनेछ ।
कर्कटः प्रेम प्रसङ्गले मन हर्षित रहला । गरेका कार्यमा सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । ब्यवसायमा लाभ हुनेछ । मान्यहरुसँग भेटघाटको अवसर मिल्नेछ । बोलीको प्रभाव बढेर जानेछ । मन प्रसन्न रहला ।
सिंहः आफन्तहरुबाट सहयोग मिल्नेछ । पारिवारिक सहयोगले अधुरा कामहरु पुरा होलान् । छोटो दुरीको यात्राको अवसर मिल्नेछ । नाफाघाटा बराबरी रहला । साताको शुरुवाततिर भने विवादमा फसिएला ।
कन्याः यात्रा गर्नुपर्ने देखिन्छ । मीठो खान पाइनेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आयमा वृद्धि हुनेछ । शुभ खबर प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साताको मध्यतिर भने शत्रुहरुको उदय हुनेछ ।
तुलाः सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् भने मित्रबाट सहयोग पनि मिल्नेछ । मान्यजनहरुको भेट र सहयोगले मनमा उत्साह बढ्नेछ । साताको अन्त्यतिर भने अनावस्यक यात्रा गर्नुपर्नेछ ।
वृश्चिकः मान्य ब्यक्तिहरुबाट सहयोग पाइने तथा मान प्रतिष्ठा बढ्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । यात्राको अवसर मिल्नेछ । धार्मिक कामहरुबाट सफलता मिल्नेछ । पारिवारिक सहयोग मिल्नेछ भने मन प्रसन्न रहनेछ ।
धनुः मित्रहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । मीठो खान पाइनेछ । ब्यापारमा लाभ मिल्नेछ भने नयाँ कार्यको थालनी हुनेछ । कार्यमा सफलता मिल्नेछ । साताको शुरुतिर भने कार्यमा ढिलासुस्ती हुनेछ ।
मकरः ब्यापार तथा जागिरमा लाभ हुनेछ । बोलिको प्रभाव बढ्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । छोटो दुरीको यात्रा गर्न पाइनेछ । साताको मध्यतिर भने मित्रहरुबाट समस्या हुनेछ ।
कुम्भः यात्राको अवसर मिल्नेछ । रोजगारीका कामहरु सफल हुनेछन् । मित्र तथा मान्यजनहरुबाट सहयोग मिल्नेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । साताको मध्यतिर भने ब्यर्थै विवाद गर्नुपर्नेछ ।
मिनः आयमा वृद्धि हुनेछ । बोलिको प्रभाव बढ्नेछ । मीठो खान पाइनेछ । शुभ खबर प्राप्त हुनेछ । साथी तथा आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । मनोरञ्जनको अवसर मिल्नेछ । यात्रामा निस्कनुपर्नेछ ।
(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
१ गते मङ्गलबार
विश्व अग्रज तथा दुव्र्यवहार जागरुकता दिवस
(पश्चिम दिशाको साइत शुभ)
लाभयोगः विहानको १० -२० देखि १२ -४ बजेसम्म
अमृतयोगः दिनको १२ -४ देखि १-४८ बजेसम्म
शुभयोगः दिनको ३-३२ देखि ५-१६ बजेसम्म
२ गते बुधबार
(पूर्व दिशाको साइत शुभ)
लाभयोगः विहानको ५-७ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
अमृतयोगः विनको ६-५२ देखि ८-३६ बजेसम्म
शुभयोगः बिहान १०-२० देखि १२-४ बजेसम्म
३ गते बिहीबार
(विश्व खडेरी विरुद्ध सङ्घर्ष दिवस)
(पूर्व तथा उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ५-८ देखि ६-५२ बजेसम्म
साँझको ५-१७ देखि ७-१ बजेसम्म
लाभयोगः विहानको १२-४ देखि १-४८ बजेसम्म
अमृतयोगः दिनको १-४८ देखि ३-३३ बजेसम्म
४ गते शुक्रबार,
(पूर्व तथा दक्षिण दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ६-५२ देखि ८-३६ बजेसम्म
अमृतयोगः बिहानको ८-३६ देखि १०-२० बजेसम्म
शुभयोगः दिनको १२-४ देखि १-४९ बजेसम्म
५ गते शनिबार
(द्वन्द्वमा यौन हिंसा उन्मुलन दिवस)
(दक्षिण दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ६-५२ देखि ८-३६ बजेसम्म
लाभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
अमृतयोगः ःदिनको ३-३३ देखि ५-१७ बजेसम्म
६ गते आइतबार
(गङ्गा दशहरा तथा विश्व शरणार्थी दिवस)
(दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ८-३६ देखि १०-२१ बजेसम्म
अमृतयोगः बिहानको १०-२१ देखि १२-५ बजेसम्म
शुभयोगः दिनको १-४९ देखि ३-३३ बजेसम्म
७ गते सोमबार
(विश्व योग/ संगीत दिवस/ निर्जला एकादशी ब्रतको दिन)
(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
अमृतयोगः बिहानको ५-८ देखि ६-५२ बजेसम्म
ःदिनको ५-१८ देखि ७-२ बजेसम्म
शुभयोगः बिहानको ८-३७ देखि १०-२१ बजेसम्म
लाभयोगः दिनको ३-३४ देखि ५-१८ बजेसम्म

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
(विश्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय वर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूणर् कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।)
  • साताको राशिफल:

साताको राशिफल:

Leave a Reply

Your email address will not be published. Required fields are marked *