पर्वतका सात स्थानीय तहलाई २ अर्व ७४ करोड १३ लाख रुपैयाँ विनियोजन !
सरकारले पर्वतका सात स्थानीय तहलाई २ अर्व ७४ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगमी आर्थिक वर्ष २०७८/ ०७९ को लागि पर्वतका सात स्थानीय तहलाई २ अर्व ७४ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको हो ।
जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले विनियोज गरेको बजेटमा नगरपालिका तर्फ कुश्मा नगरपालिकालाई सबै भन्दा धेरै ५७ करोड ५ लाख विनियोजन गरिएको छ भने फलेवास नगरपालिकालाई ५४ करोड ७८ लाख विनियोज गरिएको छ ।
त्यस्तै गरी गाउँपालिका तर्फ पैयुँलाई ३३ करोड ७० लाख, महाशिलालाई २५ करोड ९ लाख, विहादीलाई ३० करोड ४६ लाख, मोदिलाई ४१ करोड ११ लाख र जलजलालाई ३१ करोड ९४ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकातर्फ सबैभन्दा धेरै मोदी गाउँपालिकाको छ भने सबै भन्दा कम महाशिला गाउँपालिकाको रहेका छ । मोदी गाउँपालिका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको गृह पालिका हो ।