१७ चैत २०७९, शुक्रवार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ !

पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ |

पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् बिहादी गाउँपालिका-१ बाच्छाको क्यूडाँडा बस्ने ३६ वर्षीया तारा नेपालीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै पति लाल बहादुर सार्कीलाई गत सोमबार प्रहरीले पक्राउ गरेको छ |
आफ्नै बारीमा काम गर्ने क्रममा असार ४ गते सर्पले टोक घाइते भएकी तारालाई प्रथामिक उपचार गरी राखिएकोमा सोमबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा लाल बहादुरले तारालाई उपचारको लागि अस्पतालमा नलगी घरमै राखेको, कोदालोले कुटपिट गरी हत्या पश्चात पुर्नको लागि घरभित्र खाल्डो समेत खनेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी अनुसार उनी उपर जिल्ला अदालत पर्वतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *