२३ जेठ २०८०, मंगलबार

साकारात्मक/नकारात्मक सोच !


तपाई मरुभूमिको गिद्धको जीवन हेर्नुहोस् त्यसले मरुभूमिमा कठोर मेहनत गर्छ । भरदिन व्यस्त रहन्छ । केका लागि ? मृत्युको खोजीमा ऊ दिनभरि मेहनत गर्छ, सिनोको खोजीमा । उसका आँखा हरपल मृत्युको खोजमा, विनाशको खोजना हुन्छन् । र, अर्को चरो हमिङ वर्ड पनि दिनभर काम गर्छ । दिनभरि नै व्यस्त रहन्छ । दिनभरि ऊ पनि खोजी गर्छ तर गिद्धको जस्तो मृत्युको नभएर जीवनको खोज । ऊ कहाँ फूल फुलेको छ, त्यसको खोजीमा लागिरहन्छ । यी दुवैले आफूले खोजेको कुरा पाउछन् विनाश, मृत्यु र नकारात्मक खोज्ने गिद्धले आफूले खोजेको पाउँछ । जीवन, सौन्दर्य र सकारात्मकताको खोजी गर्ने हमिङ बर्डले आफूले खोजेकै पाउँछ जीवनमा सकारात्मक या नकारात्मक के खोज्ने हो, त्यही पाइन्छ ।
यदि हाम्रो शब्दकोशमा नकारात्मक शब्द बढी छन् भने असफलताबाहेक हामीलाई अरू केही मिल्नेवाला छैन । त्यसले नकारात्मक बानी त्यागौ । यदि तपाई अर्काका लागि नकारात्मक शब्दहरू असम्भव, सक्तैन, असफलता, गर्न सक्तैन जस्ता शब्द प्रयोग गर्नुहुन्छ भने त्यो तपाईंको अवचेतनले सुन्ने र बुझ्ने गर्छ र उसले तपाईकै लागि प्रतिक्रिया सुरू गर्छ । एउटा ध्रुवसत्य कुरा, तपाईं भकुन्डोलाई जति जोडले भित्तामा बजार्नुहुन्छ, त्यो त्यति नै शक्तिका साथ तपाईतिर फर्किन्छ । भौतिक विज्ञानको नियम छ, यदि तपाईं इकोप्वाइन्टमा गएर केही कुरा जोडले भन्नुहुन्छ भने त्यो असङ्ख्य भएर तपाईंतिरै फर्किन्छ । यदि तपाईं कसैलाई श्राप दिनुहुन्छ भने त्यो श्राप तपाईंलाई पनि त्यत्तिकै लाग्नेछ, किनकि तपाईंको अवचेतनले त्यसलाई समाउँछ ।
एउटा बालक आफ्नो साथीसँग रिसायो । घर फर्कदा बाटोमा पर्ने डाँडामा चढेर त्यो बालक जोडले करायो, तिमी बदमास हो । पहाडका बीचहरूमा ठोक्किएर त्यो आवाज धेरै पटक गुन्जियो, तिमी बदमास हाँ, तिमी बदमास हो । ‘ केटालाई चिन्ता पन्यो ।
उसले पर पुगेर आफ्नी आमालाई सुनायो, ममी, मैले साथीलाई एक पटक तिमी बदमास हौं भनेको थिएँ, उसले त मलाई कैयौं पटक ‘तिमी बदमास हो’ भन्यो ।” “तिमीले कहाँ गएर त्यसो भनेको ?” ममीले सोच्नुभयो ।
बाटो नजिकैको डाँडामा । केटाले भन्यो । आमाले कुरा के हो बुझिन् । त्यो इको प्वाइन्ट थियो । “तिमी फेरि त्यहीं जाऊ भन, तिमी असल छौ अनि मलाई भन्नु तिम्रो साथीले के भन्दो रहेछ ।”
केटो दौडियो । ऊ फेरि त्यही डाँडामा गएर बेस्सरी करायो, तिमी असल छौं । पहाडले असङ्ख्य प्रतिध्वनि फर्कायो, ‘तिमी असल छौ, तिमी असल छौ । केटो फर्कियो ।
उसले खुसी भएर आमालाई सबै कुरा बतायो । आमाले भनिन्, “बाबु, तिमी यस संसारलाई जति दिन्छौ, उसले तिमीलाई सयौँ गुणा बढाएर फिर्ता दिन्छ ।”
यो नियम त्यो बालकमा मात्र होइन, हामी सबैमा समान रूपमा लागू हुन्छ । हाम्रो चेतनले कुनै कुरालाई जुन रूपमा लिन्छ, त्यसलाई अवचेतनले निकै ठूलो पारेर बुझ्छ । कोही तपाईंप्रति नकारात्मक छ, ईर्ष्यालु छ भने त्यसलाई अस्वीकार गर्नुस्, अनि ऊ आफै त्यो रिसको आगोमा जलेर खरानी हुनेछ ।
त्यसैले नकारात्मक बानी त्यागौं । हरबखत, हरव्यक्ति र संसारप्रति सकारात्मक दृष्टिकोण राखौं । जब हामी सकारात्मक शब्दको चाहना गर्न थाल्छौं, त्यसैको प्रयोग गर्न थाल्छौं शब्दको जादु हाम्रो अवचेतनमा अङ्कित हुन्छ । त्यसले हाम्रो निराशा गायब हुन्छ र आन्तरिक प्रेरणा सञ्चारित हुन थाल्छ । बिस्तारै अवसरहरू सिर्जना हुन थाल्छन् ।
त्यस कारण आफ्ना लागि मात्र होइन, सबैका लागि सकारात्मक शब्द र विचारको प्रयोग सुरू गरौं । यसले तपाईंका लागि झन् सशक्त रूपमा काम गर्न थाल्छ, किनकि बोल्ने त तपाई हो कसैले केही गर्न सक्तैन भने उसलाई धाप मार्नुस् र भन्नुस्, ‘मलाई विश्वास छ, तिमी यो गर्न सक्छौ ।
मानिसलाई भन्न कहिल्यै कञ्जुस्याइँ नगर्नुस्, तपाईं सक्षम र योग्य मानिस हो, मलाई तपाईंको सोच उच्च स्तरीय छ, मलाई तपाईंप्रति गौरव छ । अनि हेर्नुस्, यी वाक्यको जादु आफ्ना लागि र जसका लागि भनिएको छ, उसका लागि त्यसैले सबै वहाना छोडौँ र भनौँ, हो म गर्न सक्छु, यो म गर्न सक्छु । जबसम्म हामी कुनै विषयप्रति नकारात्मक हुन्छौं, तबसम्म त्यो गर्न सक्तैनौं
हामी के बोल्छौं, त्यसलाई हाम्रो अवचेतन मनले गणना गर्छ, सङ्गृहीत गर्छ । याद गर्नुस्, सबकन्सस माइन्डमा बाल्यकालदेखिका सम्पूर्ण कुरा र दृश्य अङ्कित भएका हुन्छन् चाहे हाम्रो चेतन मनले बिर्सिसकेको किन नहोस् । अवचेतन मस्तिष्कले केही पनि बिर्सदैन । उसलाई सबै कुरा याद हुन्छ, अवचेतनमा यस जन्मको मात्र होइन, जन्मजन्मान्तरको कुरा सङ्गृहीत हुन्छ ।
अवचेतन मस्तिष्कले आफ्नो सङ्ग्रहबाट कुनै कुराको प्रयोग तब गर्छ, जब तपाईं केही गर्न चाहनुहुन्छ, दुर्घटनाको कुराबाहेक । यदि हामीले अवचेतनमा हाम्रो लक्ष्य, हाम्रो सपना अङ्कित गरेका छौं भने जब काम सुरू गछौं, तब अवचेतनले पनि आफ्नो काम सुरु गर्छ । र हामीलाई सफलताको शिखरमा पुयाउँछ
राडारले ध्वनि तरङ्ग उत्पन्न गर्छ र त्यो तरङ्ग सयौं किलोमिटर टाढा पर्खाल, धातु, काठ जेसुकैलाई छेडेर रेडियोसम्म पुग्छ । रेडियोले हावामा विद्यमान सयौँ प्रकारका ध्वनि तरङ्गबाट आफ्ना लागि चाहिने तरङ्ग ग्रहण गर्छ । विचार पनि गहन भएपछि तरङ्गमा बदलिन्छ अर्थात् रेडियो तरङ्ग जस्तै हाम्रो मस्तिष्कमा पनि तरङ्ग हुन्छ ।
यसरी मस्तिष्कद्वारा उत्पन्न गरेको तरङ्गमा विद्युत्को मात्रा हुन्छ र त्यसलाई नाप्न पनि सकिन्छ । यसैले हामी जति उच्च र गहिरो गरी कुनै कुरा सोच्छौं, विश्वास गछौँ, हाम्रो मानसिक तरङ्ग त्यही अनुपातमा प्रभावी हुन्छ । र, ससाना तरङ्गलाई पार गर्दै अगाडि बढ्छ । हाम्रो दृढ सङ्कल्पले यो विद्युत्को सागरमा शक्तिशाली तरङ्ग उत्पन्न गर्छ, जुन लक्ष्यमा पुगेर मात्र विश्राम लिन्छ । त्यसैले एउटा लक्ष्य बनाउँ लक्ष्यमा पुग्ने दृढ सङकल्पसँगै कर्म गरौं । सफलता अवश्यम्भावी छ ।
यसबाट प्रस्ट हुन्छ, वैज्ञानिकले पनि यो कुरा मान्न थालेका छन्- हरेक कल्पनाबाट एक विद्युत् आदेश अथवा मस्तिष्क रसायन उत्पन्न हुन्छ । त्यसैले हाम्रो मस्तिष्कमा आउने प्रत्येक विचारले केही न केही असर अवश्य छोड्छन् । त्यसैले विचारमा ध्यान दिनुस् । सपना बनाउनक

Leave a Reply

Your email address will not be published. Required fields are marked *