सूर्यको प्रकाशले अन्धाकर हटाउने हुनाले सूर्यलाई ‘आदित्यग्रहमा’ को रूपमा स्वीकार गरी ॐ असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृत गमय’ मन्त्रको उच्चारण गर्दै परापूर्वकालदेखि नै हिन्दूहरू सूर्य पूजा गर्दथे । वैदिक साहित्यको मुख्य विषय सूर्योपासना भएकोले वेदहरूमा सबै देवतामध्ये सूर्यदेवतालाई नै सर्वोच्च ठाउमा प्रतिष्ठापित गरिएको छ ।
मार्कण्डेय पुराणअनासर सूर्यबाट सम्पूर्ण सृष्टि भएको हो । त्यसकारण सूर्यको उपासना अवश्य गर्नुपर्दछ । सूर्यलाई नै त्रयी विद्या (सत्व-रज-तम, भू भुवः स्वः, ब्रह्मा-विष्णु-महेश, सृष्टि स्थिति प्रलय, मन-चाकू-प्राण आदि) को मूल बताइएको छ । भगवान् सूर्यको आविभाव सप्तमी तिथिमा भएको थियो यसै तिथिमा सूर्यको पूजा गर्नु उचित मानिन्छ । दक्ष प्रजापतिकी छोरी रूपा सर्वकी पत्नी हुन् । यम र यमुना यिनैका सन्तान हुन् रक्त चन्दन र करवीरको पुष्पले सूर्यको पूजा गर्नुपर्दछ । यी दुवै वस्तु सूर्यका प्रिय छन् । सूर्यको तेज सहन नसकी पलायन भएकी आफ्नी पत्नी रूपालाई प्राप्त गर्न सूर्यदेव उनको तपस्या स्थल उत्तर कुरु देश गए। त्यहीं सप्तमी तिथिमा दुवैको मिलन भएको हुँदा पनि सप्तमी सूर्यको प्रिय तिथि हो। जो व्यक्ति पञ्चमी तिथिमा एक छाक शुद्ध भोजन गरी षष्ठीको दिनमा उपवास गर्दछ र सप्तमीको दिनमा उपवास गरी विविध शाक पदार्थ भगवान् सूर्यलाई अर्पण गरेर ब्राह्मणलाई दान गर्दछ र रात्रिमा मौन रही भोजन गर्दछ उसलाई असीम पुण्य प्राप्त हुन्छ । कार्तिक महिनाको शुक्लपक्षको सप्तमीदेखि यो व्रत सुरु गरी चार महिनासम्म व्रत बसी पारायण गरी, उद्यापनको दिनमा भगवान् सूर्यलाई पञ्चगव्यले स्नान गराउनुपर्दछ केशरको चन्दन, अगस्त्यको पुष्प, अपराजित नामक धूप र पायसको नैवेद्य अर्पण गर्नुपर्दछ रक्त चन्दन, करवीरको फूल, गुग्गुलको धूप, पायसको नैवेद्य, घिउ, ताम्रपात्र, पौराणिक ग्रन्थ र पुराण सूर्यदेवलाई प्रिय छन् । यिनै वस्तुबाट तिनको पूजा गर्नुपर्दछ ।
दिउँसोमा सूर्यको पूजा मूर्तिमा, रात्रिमा अग्निमा उत्तराभिमुख भएर प्रभातमा पूर्वाभिमुख भएर र सायकालमा पश्चिमाभिमुख भएर पूजा गर्नुपर्दछ ॐ खखोल्काय स्वाहा’ यो सप्ताक्षर मूल मन्त्रले सूर्यमण्डलको मध्य षटदल कमलको ध्यान गरी विधिपूर्वक विभिन्न उपचारले पूजा गर्नाले मानिसका सम्पूर्ण मनोरथ पूर्ण हुन्छन् । रोगबाट मुक्ति मिल्छ । धनहीनलाई धन, पुत्रहीनलाई पुत्र, विद्यार्थीलाई विद्या, कन्यालाई उत्तम वर र साधकलाई लामो आयु प्राप्त हुन्छ ।
विभिन्न महिनामा सूर्यका अलगअलग रूपको पूजा गर्ने विधान छ । माघको सप्तमीमा ‘वरुण’ नामक सूर्यको, फाल्गुनमा सूर्यको, चैत्रमा वैशाख सूर्यको, वैशाखमा धाता को, ज्येष्ठमा इन्द्र को आषाढमा ‘रवि’को श्रावणमा नभ’को, भाद्रपदमा यश को, आश्विनमा ‘पर्जन्य’ को, कार्तिकमा ‘त्वष्टा को, मार्गशीर्षमा को र पौषमासमा विष्णु को नामले भगवान् सूर्यको पूजा गर्नुपर्दछ । माघ शुक्ल अष्टमीमा भगवान् सूर्यको रथयात्रा गर्नुपर्दछ । ‘अर्क को समिधाले हवन गर्नुपर्दछ । दक्षिणाको रूपमा गाई दिनुपर्दछ । सप्तमी तिथिमा गरिएको व्रतले अक्षय पुण्य, समस्त पाप नाश भई सूर्य भगवान्को असीम अनुकम्पा प्राप्त हुन्छ । सप्तमीका दिन नीलो वस्त्र धारण गर्नुहुँदैन । अन्यथा सम्पूर्ण व्रत निष्फल भई हुन जान्छ
आइतबार सूर्यको प्रियबार भएकोले यसलाई रविवार भनिन्छ । रविवारको व्रत बस्नेले सूर्यको पूजा गर्नुपर्दछ । कथा सुन्नुपर्दछ । यो व्रत लिंदा वैशाख, मार्ग र माघ महिनाको प्रथम रविबारदेखि प्रारम्भ गरी एक वर्षसम्म लिनुपर्दछ । सुन, चांदी वा तामाको सूर्यमूर्ति बनाएर पूजा गर्नुपर्दछ । सकेसम्म निराहार रहनुपर्दछ । नसकेमा नुन नभएको एक छाक मात्र भोजन गर्नुपर्दछ । व्रतमा पारायण वा फलाहार गर्ने व्यक्तिले सूर्य नारायणको उज्यालो छदै खानु उत्तम हुन्छ । सोमवार सूर्योदय भएपछि दर्शन र पूजा गरी अध्यं दिई व्रत तोड्नुपर्दछ । यो व्रत बस्नाले पाप नाश हुन्छ । कुष्ठरोगजस्ता असाध्य रोग निको हुन्छन् एक वर्षसम्म यो व्रत बस्नाले सूर्यदेव प्रसन्न भई मनोकाङ्क्षा पूर्ण हुन्छ ।
भगवान् सूर्य सर्वप्रथम माघ शुक्ल सप्तमी तिथिमा रथारुढ भएका थिए । अतः यस तिथिमा गरिने सूर्यसम्बन्धी दानले सूर्य ग्रहका सबै कष्ट निवारण हुन्छ । दरिद्रताबाट मुक्ति मिल्दछ । त्यस दिनको दान, यज्ञादि अक्षय हुन्छ । श्रावण मासको शनिबारका दिन औंसी, सूर्यसङ्क्रान्ति र व्यतिपाद योग हुन गएमा ‘पुष्कर’ नामक विशेष योग हुन्छ । यस्तो योगमा यदि शनिदेवको फलामको प्रतिमालाई मन्त्रद्वारा पूजन गरी स्थापित गरेमा साढेसात अथवा शनिसम्बन्धी सबै कष्ट पूर्ण रूपमा निवारण हुन्छन् । सूर्य ग्रहणको कष्ट वा दोष भएमा सूर्यको स्वर्णमूर्ति बनाएर मन्त्रोक्त विधिले पूजन गरेमा सबै दोष एवं कष्टको निवारण
हिन्दू परम्पराअनुसार पौष महिनालाई सूर्य देवताको महिना मानिन्छ । यस महिनामा सूर्यको दर्शन पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्यान्हमा सूर्यदेवको विशेष पूजा गरी करबीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ र सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा खट्टे घिउ, चिनी आदि चढाइन्छ । त्यसपछि कर्मपात्र (तामाको थाली) मा पानी राखेर पानीमा सूर्यको दर्शन गरिन्छ भने धेरै भक्तजनहरूले हातका औँलाबाट विशेष आकार बनाई सूर्य दर्शन गर्दछन् । पौष महिनाभरि सूर्यको स्तोत्र, महिमा, प्रवचन आदि श्रवण एवं पाठ गर्नु उत्तम मानिन्छ ।
सूर्य पूजा !
सूर्य पूजा !