१६ चैत २०७९, बिहिवार

स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि


कोरोना महामारीका कारण रोकिएको स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन ११ गतेदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको हो । महामारीको परिस्थितिलाई दृष्टिगत गर्दै विश्वविद्यालयले यसपटक परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रबाट समेत परीक्षा दिन सक्ने व्यवस्था गरेको छ ।
वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे तथा तीन वर्षे स्नातक तह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड–१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।
परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने सुचनामा उल्लेख छ ।
छुट फारम भर्ने म्याद असार १५ सम्म
त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम छुटेका विद्यार्थीलाई यही असार १५ गतेसम्म फारम भर्ने समय दिएको छ ।
परीक्षा फारम भर्न छुटेकाले सूचना प्रकाशित भएको मितिदेखि असार १५ गतेसम्ममा परीक्षा आवेदन फारम भर्न/भराउन सम्बन्धित क्याम्पसहरुले २०७८ असार १६ गतेभित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्बन्धित परीक्षा नियन्त्रण कार्यलयमा बुझाइसक्न निर्देशन दिएको छ ।
साथै प्राइभेट (आंशिक) परीक्षार्थीहरुले पनि सोही मितिभित्र अनलाइनबाट परीक्षा फारम भर्न परीक्षा नियन्त्रण कार्यालयले सूचित गरेको छ ।
कोरोना महामारीका कारण पटकपटक परीक्षा स्थगित हुँदा करिव २१ महिनादेखि स्नातक तह पहिलो वर्षको परीक्षा हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *