१७ असार २०७९, शुक्रवार

२३ दिनदेखि बेपत्ता सुजिताको हत्या, गाडेको अवस्थामा शव फेला !

महोत्तरीमा गत १९ जेठदेखि बेपत्ता भएकी सुजिता ठाकुरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।
लोहारपट्टी नगरपालिका– ७ घर भएका मुकेश ठाकुरकी २६ वर्षीया श्रीमती सुजिता देवी ठाकुरको घरबाट करिब १ किलोमिटर आफ्नै खेतमा गाडेको अवस्थामा शव फेला परेको हो ।

माइत पक्षले बेपत्ता छोरीको परिवारजनले हत्या गरेर शव लुकाएको आरोप लगाउँदै आएको थियो ।

सडेको अवस्थामा शव फेला परेकाले चिन्न नसकिएपनि कपडा लगायतको अवशेषले सुजिताकै शव भएको स्थानीयले बताएका छन् । यधपि महोत्तरी प्रहरीले अनुसन्धन पश्चात मात्र शव कसको हो भन्ने पुष्टि हुने बताएको छ ।

अहिले प्रहरीको टोलि घटनास्थलमै रहेको छ । प्रहरी श्रोतका अनुसार सुजिताकै शव रहेको छ।

पीडित पक्षले गत साता बेपत्ता महिलाको ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देउरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको थियो । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए ।

स्थानीयका ससुरा सुजितलाई पति मुकेश, ससुरा पतिराम ठाकुर, देवर रुपेश लगायतले कुटपिट गर्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published.