नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघको केन्द्रीय सम्मेलन आयोजक कमिटीको संयोजकमा थममाया थापा चयन हुनु भएको छ ।
संघको सातौं राष्ट्रिय सम्मेलन आयोजक समिति सचिवालयको आइतबार सम्पन्न प्रथम बैठकले थापालाई संयोजकमा चयन गरेको हो । म्याग्दी जिल्लामा जन्मिहुर्केर नेकपा एमालेबाट राजनीति शुरु गरेकी पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य थापा यसभन्दा अगाडि अनेमसंघको केन्द्रीय महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो ।