२० मंसिर २०७९, मंगलबार

अब प्रचण्ड र देउवालाई चिन्दैनौं : सुरेन्द्र पाण्डे


नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अब आफूहरु विपक्षी गठबन्धनमा नजाने स्पष्ट पारेका छन् । पार्टी एकताको लागि सबै गम्भीर भएर लागेकोले अब एकमत हुने उनको दाबी छ ।
प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव र जनमोर्चा सम्मिलित गठबन्धनमा आफूहरु नरहने स्पष्ट पारेका हुन् ।
उनले भने,‘अहिले हामी विपक्षी गठबन्धनको बैठकमा पनि जान छोडेका छौं ।’ उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ३२ वर्षदेखि मिलेर नै आएकोले अहिले पनि मिल्ने दाबी गरेका हुन् । नमिले पार्टी विधिअनुसार चल्नुपर्नेमा आफूहरुले जोड दिँदै आएको सुनाए । फागुन २८ गते बैठक राखेर निर्णय नगरेको भए एमाले त्यतिवेला नै एकता भएर अघि बढ्ने थियो भन्ने उनको धारणा छ ।
उनले आफूहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर अदालतको फैसला आउनुभन्दा अघि फिर्ता नहुने दाबी गरे । तर, आफूहरुले देउवाको पक्षमा हस्ताक्षर गरेर गलत गरेको पाण्डेको स्विकारोक्ति छ । उनले भने,‘हस्ताक्षर गर्नु सही हो, राम्रो हो भनेर लागेर गरेको होईन् । तर, परिस्थिति त्यही थियो । अब संसद् पूनःस्थापना भएपनि वा संसद् विघटन सदर गरिदिएपनि हामी एक हुन्छौं ।’ अब पार्टीले गर्ने निर्णयको पक्षमा आफूहरु उभिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *