बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल अमेरिकाको विश्वविद्यालयमा प्राध्यापनरत डाक्टर अमर भण्डारीले दुईवटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । भण्डारीले नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई सिलिण्डर उपलब्ध गराएका हुन् ।
उक्त अक्सिजन सिलिण्डर शुक्रबार एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको रेडक्रस उपशाखा पुलाचौरले जनाएको छ । अक्सिजन सिलिण्डर सहयोगी भण्डारीका पिता एवं रेडक्रसका आजीवन सदस्य तथा पूर्व जिविस सदस्य सुरतबहादुर भण्डारी र रेडक्रस उपशाखा सभापति शिव बानियाँले स्वास्थ्यचौकीका अहेव चाहना शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
स्वास्थ्यचौकीमा सेवा लिन आउने गम्भीर प्रकृतिका बिरामीको उपचारमा अक्सिजन सिलिण्डर उपयोगी हुने
४८ लिटर क्षमताको अक्सिजन भरिएको सिलिण्डर, फ्लोमिटर तथा ढुवानीसहित करिब ७० हजार रुपैयाँ बराबरको दुईवटा अक्सिजन सिलिण्डर सहयोग गरेको उपशाखा सभापति बानियाँले बताउनुभयो । यसैगरी सहयोगी डा. भण्डारीले रेडक्रस पुलाचौर उपशाखालाई कोभिड–१९ विरुद्धको अभियानमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै डा. भण्डारीका पिता सुरतबहादुर भण्डारीले स्वास्थ्यचौकीमा सेवा लिन आउने गम्भीर प्रकृतिका बिरामीको उपचारमा अक्सिजन सिलिण्डर उपयोगी हुने बताउनुभयो ।
पुलाचौर स्वास्थ्यचौकीलाई बिरामीको सुगर परीक्षण गर्नका लागि दुईवटा गुल्कोमिटर, ज्वरो मापन गर्ने तीनवटा थर्मोमिटर, बाल्टिन, माक्स, साबुन, स्यानीटाइजर, माइन्युटलगायत दैनिक कार्यसम्पादनमा आवश्यक जिन्सी सामग्रीहरु सहयोग गरेको थियो
रेडक्रस उपशाखा सभापति शिव बानियाँको अध्यक्षता, रेडक्रसको विपद् व्यवस्थापन समिति सचिव गजिन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राखेका थिए । रेडक्रस उपशाखाले यसअघि पुलाचौर स्वास्थ्यचौकीलाई बिरामीको सुगर परीक्षण गर्नका लागि दुईवटा गुल्कोमिटर, ज्वरो मापन गर्ने तीनवटा थर्मोमिटर, बाल्टिन, माक्स, साबुन, स्यानीटाइजर, माइन्युटलगायत दैनिक कार्यसम्पादनमा आवश्यक जिन्सी सामग्रीहरु सहयोग गरेको थियो ।
त्यस्तै उपशाखामार्फत पुलाचौरका ५५ जना कोरोना संक्रमितलाई बाल्टिनलगायत स्वास्थ्य सामग्री तथा पोषिलो खानेकुरा घरघरमै पुगेर वितरण गरिएको थियो । गतवर्ष उपशाखाले वडा भित्रका सबै घरधुरीलाई मास्क र साबुन वितरणसहित सचेतनामूलक अभियान पनि सञ्चालन गरेको थियो ।