४ चैत २०७९, शनिवार

अवैध राँगा प्रहरी नियन्त्रणमा !


सप्तरीको सुरुङ्गा नगरपालिका वडा न.१० स्थित बलान खाेलाबाट प्रहरीले लाखौंको अवैध राँगा नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेकाे अवस्थामा सप्तरी प्रहरीले ४० वटा राँगा झण्डै १ लाख ६० हजार मूल्य बराबरको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
डीएसपी काफ्लेले इलाका प्रहरी कार्यालय कडरबाेनाकाे टाेलीले भारतबाट अवैध रुपमा चाेरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेकाे अवस्थामा साे राँगा बरामद गरेकाे बताए ।
प्रहरीकाे टाेलिले बलान खाेलाकाे पश्चिमी किनाराबाट साे अवैध राँगा बरामद गरेकाे तथा बरामद गरेका राँगालाई थप अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *