१२ असार २०७९, आइतवार

अस्पतालमा उपचार गराएको भन्दै चर्चमै कुटिइन् क्यान्सरपीडित महिला !

भरतपुरको क्यान्सर अस्पतालबाट उपचार गराएकी चर्चमा फर्किएकी एक महिलामाथि चर्चकै पास्टरले कुटपिट गरेका छन् । लामो समयदेखि क्यान्सरबाट ग्रसित महिलालाई अस्पतालमा उपचार गराउन हुँदैन भनेर कसम खुवाएको भए पनि गाह्रो भएपछि भाइको साहरामा एक महिनाअघि भरत क्यान्स अस्पतालमा शल्यक्रिया गराएकी थिइन् । 

शल्यक्रियापछि चर्चमा फर्किँदा अस्पतालमा गएर उपचार किन गराएको भन्दै दक्षिण भारतीय विजय नाम गरेका पास्चरले लमजुङको एक चर्चमा कुटपिट गरेका हुन् । २२ वर्षको उमेदेखि नै क्रिश्‍चियन बनेकी ती महिलालाई लामो समयदेखि क्यान्सरको समस्या रहेको थियो । 

क्यान्सरकै कारणको पाठेघर पनि कुहिएको चिकित्सकहरुले बताएका थिए । पीडित महिलाले आफू अस्पतालबाट चर्चमा फर्किँदा पास्टरहरुले कुटपिट गरेको बताएकी छन् । 

उनले भनिन्, “म २२ वर्षको उमेरदेखि क्रिश्‍चियन बनेकी थिएँ । मलाई लामो समयदेखि स्तन क्यान्सरको समस्या थियो । मैले पास्चरलाई समस्या भएको भन्दै बारम्बार भन्दा पनि अस्पताल जान हुँदैन भनेर कसन खुवाउनु भएको थियो । प्रार्थना गरेर ठिक हुन्छ भन्‍नुभयो । मैले सबैलाई प्रार्थना गर्न आग्रह गर्दा पनि कसैले प्रार्थना पनि गरिदिनु भएन । निकै समस्या भएपछि म अस्पताल गएकी थिएँ । अस्पतालमा मेरो स्तन क्यान्सरको शल्यक्रिया गरेर चर्चमा फर्किँदा कुटपिट गरिएको हो ।” 

उनले आफूले चर्चमा जीवन समर्पण गरेको बताएकी छन् । 

Leave a Reply

Your email address will not be published.