२५ जेठ २०८०, बिहिवार

एमाले एकताको सुखद् समाचार भोलि सुन्न पाइन्छ : गोकर्ण विष्ट

नेकपा (एमाले) एकता कार्यदल सदस्य गोकर्ण विष्टले आइतबार एमाले एकताको सुखद् समाचार सुन्न पाइने बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदल बैठकबाट बाहिरिनेक्रममा पत्रकारसँग कुरा गर्दै विष्टले यस्तो बताएका हुन् । 

एमाले नेताबीचको अविश्वासको अवस्था घट्दै गएको र पार्टी एकता गर्ने सम्बन्धमा दुवै पक्ष इमान्दार भएको भन्दै विष्टले भोलि सार्थक परिणाम र सुखद् समाचार सुन्न पाइने बताएका हुन् । 

‘एमाले नेताबीच अविश्वासको वातावरण घट्दै गएको छ । पार्टी एकता गर्ने सम्बन्धमा दुवैले इमान्दार भएका छौँ’, विष्टले भने, ‘सार्थक परिणाम र सुखद् समाचार भोलि नै सुन्न पाइन्छ ।’ 

विष्टले कार्यदलको बैठक आइतबार बस्ने बताए पनि समय भने बताएनन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *