१७ चैत २०७९, शुक्रवार

ओली समूहका युवाले माधव नेपालको घर घेर्ने तयारी गरेपछि बढाइयो सुरक्षा


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् ।

सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो ।

सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।
आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी दिन माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *