१६ चैत २०७९, बिहिवार

कडा सुरक्षाको बीच रेशम चौधरी निर्वाचन आयोगमा, यादव पक्षमा सनाखत गर्ने !

जसपाको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगले आज निक्र्यौल गर्दैछ । यसको लागि आयोगले दुवै पक्षलाई सनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश कार्यकारिणी सदस्यहरु आयोगको कार्यालय पुगिसकेका छन् ।

अहिलेसम्म उपेन्द्र यादव पक्षमा ३४ जनाले हस्ताक्षर गरेको बताईएको छ । महन्थ ठाकुरनिकट नेताहरु राजकिशोर यादव र मनिष सुमनले पनि यादव पक्षमै हस्ताक्षर गरेका छन् । जेलमा रहेका रेशम चौधरी पनि हेड काउन्टको लागि आयोगको कार्यालय पुग्दैछन् ।

उनले पनि यादव पक्षमै हस्ताक्षर गर्ने बताईएको छ तर, ठाकुर पक्षले भने चौधरीले आफूहरुको पक्षमा हस्ताक्षर गर्ने दाबी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिंदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *