१५ चैत २०७९, बुधवार

कालीगण्डकीले दुई बालकलाई बगायो !

बिहिबार दिउँसो कालीगण्डकी नदीले बागलुङका दुई बालकलाई बगाएको छ । उनीहरु बेपत्ता भएका छन् । चार जना मिलेर पौडी खेल्न गएकामध्ये बिहिबार दिउँसो दुई बालकलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बगाएर बेपत्ता भएका दुईजना १३ बर्षका हुन् । बेपत्ता हुनेहरुमा ताराखोला गाउँपालिका वडा नंं ५ का यामबहादुर पुन र सोही गाउँपालिका वडा नंं १ का अभिषेक बिक छन् । चारमध्ये अन्य २ जना भने उत्रन सफल भएका छन् । उत्रेका दुई बालक बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरका ११ बर्षिय भीषण पुन र प्रश्न विक रहेका छन् ।
बिहिबार दिउँसो १ बजे बागलुङ नगरपालिका वडा नंं १ को निरयघाटमा पौडिने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुने बिक रुद्रे पिपल मावि र पुन न्यू ओएसिस माविमा कक्षा ७ मा अध्ययरत हुन् ।
ती बालक बगेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय र बिपत् व्यवस्थापन गुल्मबाट टोली खटाइएको थियो । खटिएको टोलीले खोजी गरिरहेपनि अहिलेसम्म पत्ता लगाउन नसकिएको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए । घटनाबारे जानकारी हुनासाथ खटिए पनि बर्षातले कालीगण्डकी बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *