१३ असार २०७९, सोमवार

किशोर मनस्वीका चार मुक्तकहरु !

(एक)
याे माटाकाे पहिचान चाहियो
सगरमाथाको अधरपान चाहियो ।
याे भूमि लुटिँदा,अास्था मेटिँदा भने
मलाई नेपाल हुनुकाे स्वाभिमान चाहियाे।।

(दुई)
अापसमा भाईचारा छैन
खाेई?दुनिया सारा छैन ।
नेताहुनु त कम्युनिस्ट कै हाे
जाे अाफैमा सर्वहारा छैन ।।

(तीन)
बाजिहार्ने उनको तछाडमछाड हेर्दै छु,
घाँटी सानो तर ठूलाे हाड हेर्दै छु।
कति सम्म उम्लिएका थियौ हिजो सम्म,
अाज खुस्किएकाे धाेति कछाड हेर्दै छु।।

(चार)
के देशको मायाले मात्रै भाेकाे पेट भर्न सक्छ?
पश्चिम किल्ला काँगडा फेरि यतै सर्न सक्छ?
दिनदहाडै हत्या बड्दा,सरकारले दावा गराेस,
के साँच्चै जनताको सुरक्षा गर्न सक्छ ??
(विविध विधामा कलम चलाउने मुक्तककार किशोर प्रगतिशील लेखक सङ्घ पर्वतका अध्यक्ष समेत हुन्)

Leave a Reply

Your email address will not be published.