२२ मंसिर २०७९, बिहिवार

कृष्ण बाउसेका चार छोटा कविता !

१. पीडाबोध

परिरहेकै छ
यो छोटो जीवनमा
मैले
धेरैसँग धेरै कुरा लिन

( जीवनभरको
पीडा
यही रह्यो मेरो )

आफूले आजसम्म
सकिरहेको छैन
आफैँ जन्मेको धर्तीलाई समेत
अँगालो मारेर रुन ।

२. तिमी र म

तिमी
कुर्सीको मान्छे

धर्तीको मान्छे
त्यसैले त तिमीलाई
केवल कुर्सीकै मोह छ
अनि मलाई
सधैँभरि
धर्तीकै मोह छ।

३. खुसी

तिम्रो ओठको हाँसो
नुनिलो आँसुसँग साटेको फूल होइन भने
म ठोकुवा गर्छु-
तिमीले
खुसीसँग परिचय साट्नै बाँकी छ।

४. अस्तित्वको सङ्कट

तिमी वर्तमान पुस्ता

म पुरानो सिक्का !

हामी त
एकअर्काका प्रतिलिपि पो रहेछौँ
दुवै
प्रतिपल खिइरहेका
दुवै
सधैँ
अस्तित्वकै सङ्कटमा
जिइरहेका।

Leave a Reply

Your email address will not be published. Required fields are marked *