म्याग्दीको गाउँ गाउँसम्म सडकको पहुँच विस्तारसँगै यातायात चल्न थालेपछि खच्चड व्यवसायी सङ्कटमा परेका छन् । जिल्लाको ग्रामीण भेगमा ढुवानी गर्ने प्रमुख साधनका रुपमा रहेको खच्चड व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै जान थालेको हो ।
पहिले-पहिले म्याग्दीको बेनी, दरवाङ र गलेश्वरबाट खच्चडले सामान बोक्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगिसकेपछि दैनिक उपभोग्य सामाग्रीसहित अन्य ढुवानी समेत बोलेरो जीप, ट्याक्टर तथा ट्रकले नै घरघरमा पुर्याउँदै आएको छ
भौगोलिक हिसावले दुर्गम जिल्लाको रुपमा चिनिएको म्याग्दीमा गाउँगाउँसम्म पनि मोटरबाटोसँगै यातायातको सुविधा भएपछि आफ्नो व्यवसाय सङ्कटमा परेको खच्चड व्यवसायीहरुले गुनासो गरेका छन् । विगतमा म्याग्दी सदरमुकाम बेनीबजार तथा पश्चिम म्याग्दीको दोस्रो ठूलो व्यापारिक क्षेत्र दरबाङ बजारबाट गाउँगाउँमा सामानहरु ढुवानी गर्ने खच्चड व्यवसायीहरु यायातायातको साधन गाउँमै पुगेपछि विस्थापित बन्नु परेको छ ।
पहिले-पहिले म्याग्दीको बेनी, दरवाङ र गलेश्वरबाट खच्चडले सामान बोक्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगिसकेपछि दैनिक उपभोग्य सामाग्रीसहित अन्य ढुवानी समेत बोलेरो जीप, ट्याक्टर तथा ट्रकले नै घरघरमा पुर्याउँदै आएको छ । यातयातका साधनमार्फत् गाउँमै सामान ढुवानी गर्ने हुँदा खच्चड पाल्न समेत धौधौ भएको धवलागिरि गाउँपालिका-२, लुलाङका खच्चड व्यवसायी लोकेश श्रीपालीले दुःखेसो पोख्नुभयोे । अहिले गाउँमा घाँस दाउरा काट्ने र त्यही खच्चडलाई बोकाउने, मोटर बाटो नपुगेको ठाउँमा घर बनाउन लागेको छ भने ढुङ्गा बोकाउने काम खच्चड मार्फत् गरिरहेको उहाँले बताउनु भयो ।
धेरै खच्चर व्यवसायीहरु अहिले खच्चड व्यवसाय छोडेर अन्य व्यवसायतर्फ लागिरहेका छन् भने खच्चर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई खच्चर पाल्न समेत धौधौ भैरहेको छ ।
सङ्घीयताको कार्यान्वयनसँगै गाउँगाउँमा मोटरबाटो, खानेपानी र विद्युतिकरणको विस्तार पुगेको छ ।
सस्तो र छिटो हुने भएपछि गाउँका व्यवसायीहरु समेत यातायातका साधनप्रति आकर्षित हुन थालेका छन् । खच्चड बिक्रि गर्न खोज्दा समेत विक्रि हुँदैन । कहाँ जाने, के गर्ने ? यतिञ्जेल पालेको खच्चडको माया लाग्छ । गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं । अर्का खच्चड व्यवसायी अमृत श्रीपालीले भन्नुभयो । यातायातका साधनहरु गाउँगाउँमा पुगेपछि खच्चड व्यवसायीहरु विस्थापित बनिसकेका छन् । पुराना खच्चड व्यवसायीहरुले खच्चर विक्रि गरेर ढुवानीको लागि यातायातको साधनहरु प्रयोग गर्न थालेको अन्नपूणर् गाउँपालिका -८ राम्चे नागीका पदम पुनले बताउनु भयो । उहाँले आफूले पनि पहिलेदेखि नै खच्चडको विक्रि गरेर यातायातका साधनहरु खरीद गरि यातायातकै साधन मार्फत् गाउँगाउँमा ढुवानी पुराउन लागेको बताउनु भयो । जिल्लामा मोटर वाटो पुगेको स्थानहरुमा अहिले खच्चड कमै मात्रामा देखिन्छ ।
धेरै खच्चर व्यवसायीहरु अहिले खच्चड व्यवसाय छोडेर अन्य व्यवसायतर्फ लागिरहेका छन् भने खच्चर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई खच्चर पाल्न समेत धौधौ भैरहेको छ ।
सङ्घीयताको कार्यान्वयनसँगै गाउँगाउँमा मोटरबाटो, खानेपानी र विद्युतिकरणको विस्तार पुगेको छ । पश्चिम म्याग्दीको धवलागिरि-१ नम्बर वडामा पर्ने जिल्लाकै दुर्गम तथा विकट क्षेत्र गुर्जा बाहेक म्याग्दी जिल्लाको अन्य स्थानहरुमा ट्रर्याक मात्रै खोलेर भएपनि मोटरबाटो पुगेको छ । सामानहरु सुरक्षित र छिटो आउने भएकाले आफूहरु पनि यातायातका साधनको प्रयोग गरेको गाउँलेहरु बताउँछन् । विक्रिसमेत नहुने भएकोले खच्चड व्यवस्थापनमा समस्या भैरहेको व्यवसायी गुनासो छ । पहिलेका तुलनामा जिल्लाभित्र अहिले खच्चरको संख्या समेत तेब्बर घटेको छ ।
सन्दीप शर्मा
बुलबुल साप्ताहिकबाट