प्रदीप रोदन
बा,किन नदी सुसाउन छोडेको छैन?
बाबू बगर मुस्कुराउन छोडेको छैन।
साना घाउहरु पछि हेरौंला महोदय,
ठूलो घाउले दुखाउन छोडेको छैन।
हजुर एकपटक शीर उठाएर हेर्नुस्,
दुनियाँले हात उठाउन छोडेको छैन।
म दीयो सल्काउनलाई किन छोडौँ?
बतासले दीयो निभाउन छोडेको छैन।
सुन्न आउनेहरु सबै निदाइसकेछन्,
ऊ अझै गजल सुनाउन छोडेको छैन।
गोरखा