२५ जेठ २०८०, बिहिवार

कविता “भानु तिम्रो सम्झनामा”

अम्बिका भण्डारी

(हार्दिक सम्मान आदिकवि भानुभक्त आचार्यप्रति)

हे भानु तिम्रा जस्तै काब्य रचना लेखन पो सकूँ म
कल्पनामै भाव रसको भण्डार देखन पो सकूँ म ।

नित्य कर्ममा विश्वास राखी हिँड्न सकूँ म पनि
पुज्य छन् र पो तिम्रा सिर्जना पुजिन्छाै भानु तिमी ।

रामको लिला छँदै थियो झनै राममायणमा तिमी
पुज्छन् आज सारा लोकले हे भानुभक्त भनि ।

सुन्छु आज जताततै प्रशंसा तिम्रै कर्म र कामको
दर्शन देउँ हे भानु हामीलाई तिम्रै दिव्य धामको ।

(अन्नपूर्ण-२, ढिकुर पोखरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *