हिरा सङ्घर्ष
त्याे पल म निर्जीव बन्दा मलाई छुन्छु भनौल
आँसु पुछ्न नसक्दा यी औंलाले रुन्छु भनाैला ।
म म नै नरहेपछि एकदिन खरानी बनी उड्नेछु
अनि बल्ल म अब तिम्रै, मात्र तिम्राे हुन्छु भनाैला ।
याे मन उडेकाे छ आवाजले तिमीलाई पुकार्दै
बन्द हुनेछन् यी ओठ अनि बाेलि सुन्छु भनाैला ।
एक पल मात्रै गुजार्न कठिन भयाे खै किन हाे
छिनेपछि आशा डाेरी माया जाल बुन्छु भनाैला ।
फाटिसक्याे मन मेराे सुकिसके आँसुहरु अनि
दुनियाँमा तिम्रै मुस्कान दन्तलहर चुन्छु भनाैला ।
म्याग्दी