२५ जेठ २०८०, बिहिवार

‘गठबन्धनबाट बाहिरिएको छैन’

माधव नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिएको चर्चासँगै नेपालले भने ‘मैले हाम्रो पार्टीमा १० बुँदे समझदारी भएको छ, पार्टी एकताको प्रयास भइरहेको छ, यो परिस्थितिलाई बुझिदिनुपर्छ भन्दा कसरी गठबन्धनबाट बाहिरिएको हुन्छ ?’

नेता नेपालले गठबन्धनबाट आफूले बाहिरिएको घोषणा नगरेको स्पष्ट पारे । आफू गठबन्धनबाट बाहिरिएको भन्दै कतिपय विश्लेषकले माधव नेपाल धोकेबाज हुन् भनेको प्रति उनले आपत्तिसमेत जनाए ।   बुधबार नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

नेता नेपालले राष्ट्रिय एकताको कुरा गरेको भन्दै प्रधानमन्त्री देउवाले अब नेकपा एमाले पनि सरकार सहभागी हुने अपेक्षा गरेका थिए । नेपालसँगको भेटपछि प्रधानमन्त्री देउवा आफूले प्रतिनिधिसभामा विश्वासको मत पाउनेमा ढुक्क बनेर फर्केका छन् ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *