गण्डकी प्रदेश सभा सदस्य विनोद केसीका बुवा खिमबहादुर केसीको विहिबार निधन भएको छ। म्याग्दीको निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित साँसद केसीका बुबा बेनी नगरपालिका-८ निवासी ६४ बर्षकाे उमेरमा खिमबहादुर केसीको विहिवार विहान आफ्नै निवासमा निधन भएको हो ।
दिवंगत केसीको श्रीमतीसहित तीन छोरा मध्य जेठा छोरो शहिद मदन केसी जनयुद्धको क्रममा २०५९ सालमा निधन भएको थियो । शिक्षण लगायतका विभिन्न पेशा समेत अगालेका केसी जनक्रान्ति महान शहिद परिवार संघ म्याग्दीको संयोजक समेत रहेका थिए । केसी राजनीतिक रुपमा कम्युनिष्ट पाटीमा आवद्ध थिए।
दिवंगत केसीको पार्थिब शरिरमा नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । रघुगंगा गाउँपालिका २ राखु भगवती जन्मिएका केसी बसाइसराई गरेर बेनी आएका थिए । दिवंगत केसीको बेनीस्थित कालिगण्डकी नदि किनारमा विहिबारनै अन्तीम संस्कार गरिएको छ ।