२२ असार २०७९, बुधवार

‘गण्डकी सभ्यता’ले कालीगण्डकी डाइभर्सन गर्ने छुट दिँदैन !

उजिर मगर

‘गण्डकी सभ्यता’ गण्डकी सभ्यतालाई केलाउँदै जाँदा मुलुककै सबैभन्दा गहिरो नदी हो, कालीगण्डकी । सात सहायक नदीले गण्डकीलाई पूर्णता दिएको छ । ३ सय ३८ किलोमिटर लम्बाई र २६ हजार वर्ग किलोमिटर जलप्रबाह भूमीमा गण्डकी नदी फैलिएको छ । चीन, नेपालहुँदै भारतसम्म फैलिएको गण्डकी नदीलाई भारतमा गण्डकले चिनिन्छ ।

गण्डकी नदीको नाम कसरी रहन गयो ? भन्नेमा भिन्न–भिन्न मत र कथन पाइन्छन् । सिंगो गण्डकी नदी हिन्दू धर्मालम्बीहरुको पवित्र तीर्थस्थल भएकाले सोहीबमोजिम मिथक र भनाइहरु धर्मशास्त्रहरुमा व्याख्या गरेको पाइन्छ । मुख्यतः हिन्दू धर्मशास्त्रको अख्यानअनुसार विष्णु भगवानको गण्ड अर्थात् गालाबाट पसिनाका रुप बगेकाले गण्डकी भनिएको छ । गण्डकी नदीको बगरमा भेटिने शालिग्राम ढुंगा र तराई चुरे क्षेत्र वरपर सातै गण्डकीको नदी जोडिँदा त्यहाँ पाइने कुशले पनि केही तथ्य नजिक पुग्न सकिन्छ ।

शालिग्राम अर्थात् पवित्र शीला ढुंगा र कुश हिन्दू धर्मका लागि पूजापाठमा अनिवार्य चाहिने सामग्री हुन् । भगवान विष्णुका रुपमा शालिग्रामको पूजा गरिन्छ । प्रागैतिहासिक कालमा पाइने शंखे किराको आकारबाट बनेको भने भेटिन्छ । यद्यपि यसको वैज्ञानिक रुपमा पुष्टि गरेको त्यस्तो तथ्य भेटिन्नँ । अहिलेसम्म हिमालय पर्वतमा पाइने शालिग्रामलाई विष्णुका प्रतीकका रुपमा पूजिन्छ । बरु, श्लोक, हिमवत्खण्डहरुमा विष्णु भगवानकै चरित्रलाई वर्णन गरिएको पाइन्छ ।पौराणिक कथामा भनिएको छ– भगवान शिवले जालन्धर नामक असुरलाई युद्धमा हराउन सकेका थिएनन् । शिव अप्ठेरोमा परेपछि विष्णुले जालन्धरलाई हराउन शिवलाई मद्दत गरेका थिए । जलान्धर नहार्नुमा उनकी पत्नी वृन्दाले पतिप्रतिको विश्वास थियो । वृन्दाले आफ्नो सतित्व बँचाएर राखेकाले जालन्धरले अपार शक्ति आर्जन गरेका थिए । जसको शक्तिका कारण शिव हार खाइरहेका थिए ।

प्रदेशसभाको २०७५ असार २२ गतेको बैठकबाट नेपालको संविधानले व्यवस्था गरेबमोजिम ४ नम्बर प्रदेशलाई सबै एतिहासिक तथ्यसहित साविकको धौलागिरी अञ्चल र साविक लुम्बिनी अञ्चलअन्तर्गत पर्ने नवलपरासी जिल्ला पूर्वसहित यस प्रदेशको नामाकरण गण्डकी गरिएको हो ।

विष्णुले जलान्धरले शक्ति आर्जन गरेको जुक्ति थाहा पाए । विष्णुले जाल रचे । उनले जलान्धरको रुपधारण गरी वृन्दाको सतित्व हरण गरे । जब वृन्दाको सतित्व लुटियो, त्यहीबेला जलान्धर शक्तिविहीन बने । त्यही मौकामा जलान्धरलाई शिवले बध गरे । वृन्दाले आफ्नो सतित्व लुटिएको थाहा पाइन् । सतित्व लुटिएको थाहा पाउँदा पति जलान्धर गुमाइसकेकी थिइन् ।

पतिवियोगमा परेकी वृन्दाले भगवान विष्णुलाई श्राप दिएकी थिइन् । विष्णुलाई वृन्दाले शिला, रुख, झारपात, घाँस भएर जीवन व्यतित गर्नुपरोस् भनेर श्राप दिएकी थिइन् । विष्णुलाई श्राप लाग्यो । कालन्तरमा विष्णुले शालिग्राम, पिपल, तुलसी र कुश भएर जन्म लिनुपर्यो । अन्ततः विष्णुले जे धारण गरेर जीवन व्यतित् गर्नुप¥यो जो हिन्दू धर्मको आराध्यका लागि नभइ नहुने सामग्रीका रुपमा चलनमा आए ।

अर्को कथन अनुसार ‘गण्ड वा गण्डक ऋषिले पहिले स्नान गरी तपस्या गरेका हुनाले गण्डकी नाम रहन गएको’ भनिएको छ । गण्डकी उत्पत्तिबारे हिन्दू धर्ममा बढी वर्णन गरिए पनि बुद्ध धर्मालम्बीहरुको पनि गण्डकीको मूल स्रोत अर्थात् मुहान वरपर उत्तिकै महिमा देखिन्छ ।

मुख्यगरी हिन्दू धर्मालम्बीहरुले मुक्ति क्षेत्रका रुपमा मान्छन् । गण्डकी स्नान, पिण्ड अर्पणले त्यसको आधारहरु बलिया छन् । यता बुद्धमार्गीहरुले गण्डकीको मुहानलाई २४ तान्त्रिक स्थानमध्ये एक मान्छन् । तिब्बती भाषामा छुमिङ ग्यात्सा अर्थात सय पानीका रुपमा बौद्धमार्गीहरुले तान्त्रिकको एक अंश मान्छन् । त्यही पानी अर्थात् गण्डकी नदीको मुहानलाई भनिएको भन्ने अर्र्काे तर्क पनि छ ।

अनेकन ऐतिहासिक तथ्यमा रहेको गण्डकी नदीलाई यसअघि १४ अञ्चलमध्ये गण्डकी अञ्चल नामाकरण गरिएको थियो । २०७२ असोज ३ गते जारी नेपालको संविधान कार्यन्वयनसँगै संविधानले ४ नम्बर प्रदेशको अल्पकालीन नाम दिएको थियो ।

प्रदेशसभाको २०७५ असार २२ गतेको बैठकबाट नेपालको संविधानले व्यवस्था गरेबमोजिम ४ नम्बर प्रदेशलाई सबै एतिहासिक तथ्यसहित साविकको धौलागिरी अञ्चल र साविक लुम्बिनी अञ्चलअन्तर्गत पर्ने नवलपरासी जिल्ला पूर्वसहित यस प्रदेशको नामाकरण गण्डकी गरिएको हो ।

नयाँ संविधान जारीसँगै थप गरिएका दुई जिल्लामध्ये एक यसै प्रदेशमा पर्दछ । नवलपरासी पूर्व अल्पकालीन नाम पाएको कान्छो जिल्लाले यतिबेला नवलपुर नाम पाइसकेको छ । कुल ११ जिल्लामध्ये कास्की, लमजुङ, गोरखा, तनहुँ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, मुस्ताङ र बागलुङ रहेको छ । यस प्रदेशमा एक महानगरपालिका, २५ नगरपालिका, ५९ गाउँपालिका छ ।

क्षेत्रफलका हिसाबले २१ हजार ५ सय ४ वर्ग किलोमिटरमा फैलिएको गण्डकी प्रदेशले नेपालको कुल क्षेत्रफलको १४ दशमलव ६६ प्रतिशत स्थान ओगटेको छ । उत्तरी छिमेकी राष्ट्र चीनको तिब्बत र दक्षिणमा भारतको बिहारसम्म सीमा जोडिएको छ । यो प्रदेश पूर्वमा प्रदेश ३, पश्चिममा प्रदेश ५ र कर्णाली प्रदेशसँग सीमाना जोडिएको छ । गण्डकी प्रदेशमा कुल जनसंख्या २४ लाख १३ हजार ९ सय ७ रहेको छ । जसमध्ये महिला १३ लाख १२ हजार ९ सय ४९ र पुरुष ११ लाख ९ सय ५८ जना रहेका छन् ।

सन् १७९० को दशकतिर फ्रान्सिस बुकानन ह्यामिल्टनले गण्डकी प्रदेशको मुख्य सहर (हाल गण्डकी प्रदेशको राजधानी)बारे गरेको वर्णले गण्डकी प्रदेश कति आत्मनिर्भर थियो ? भन्ने विषयलाई पुष्टि गर्छ । ‘निकै ठूलो सहर…जुन एउटा बजार हो, जहाँ व्यापारीहरु नेपाल (काठमाडौं), पाल्पा मालेबुम एण्ड कम्पनीबाट आउँछन् र यस्तो गरिब देशमा पनि यहाँबाट निकै ठूलो मात्रामा कर उठ्छ ।’ –डा. हर्क गुरुङ मैले देखेको नेपाल (पोखरा सेरोफेरो पृष्ठ ११८)

त्यस्तै राणाकालको आखिरी तीन दशकबारे नालिबेलीसहितको ‘त्यस बखतको नेपाल’मा सरदार भीमबहादुर पाँडेले पनि कपडा, छालाका सरसामान, राडीपाखी सबैभन्दा बढी गण्डकी किनारमै उत्पादन हुने गरेको तथ्य उल्लेख गरेका छन् ।

चौधौंदेखि अठारौं शताब्दीसम्म मध्यकालीन नेपालको गण्डकी पश्रवण क्षेत्रमा उदाएका चौबिसी राज्यको बैभवले पनि गण्डकी प्रदेशको आर्थिक, राजनीतिक चेतनामा आत्मनिर्भर भएको पुष्टि हुन्छ । यतिखेर यही सभ्यतासँग जोडिएको कालीगण्डकी डाइभर्सनले धेरैको चासो बढेको छ ।

लुम्बिनी प्रदेशको केही भू–भागलाई छोएर बग्ने गण्डकीलाई लुम्बिनी प्रदेशमा डाइर्भसन गर्ने सन्दर्भले केही प्रश्नहरु खडा गरेको छ । अघिल्लो साता अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन गरेपछि गण्डकी प्रदेशवासीको स्वभाविक ध्यानकार्षण भएको छ ।

कालीगण्डकी डाइभर्सन परियोजना अघि बढेमा प्रदेशबीचका स्रोतमाथिको अधिकारबारे बहस सुरु हुनेछ । अहिलेसम्म चलेका सैद्धान्तिक बहसलाई आधार मान्दा पनि गण्डकी सभ्यतालाई समाप्त गर्ने गरी कालीगण्डकी डाइभर्सन गर्नसक्ने अवस्था देखिन्नँ ।

परियोजनाले भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्वसँग जोडिएको कालीगण्डकीको सभ्यताबारे सरकार जानकार हुन जरुरी छ । परियोजना समग्र कालीगण्डकी प्रश्रवण (प्रबाह) क्षेत्रका गण्डकीबासी नागरिकको भावनाविपरीत हुन जान्छ ।

संघ सरकारले याद गर्नुपर्ने पर्छ, कालीगण्डकी नदी मात्र होइन सभ्यता हो । जुन सभ्यताले चितवनदेखि धादिङहुँदै पाल्पासम्म फैलिएको कालीगण्डकी प्रश्रवण क्षेत्रको अस्तीत्व राख्छ । त्यस वरपर बसोबास गर्ने सिंगो समाजलाई परियोजनाले तहसनहस बनाउँछ । पूर्वीय दर्शनको व्याख्या, राम जन्मभूमीको बहस र स्व–पहिचानको व्याख्या गरिरहनु भएका स्वयं प्रधानमन्त्री केपी ओलीका लागि पनि यो परियोजना अघि बढाए गण्डकी सभ्यता समापन गर्ने आत्मघाती प्रयाससिद्ध हुनेछ ।

स्रोत साधानमाथिको अधिकार र असली संघीयता

के हो संघीयता ? यसको सैद्धान्तिक पक्ष हेर्दा एक शब्दमा अर्थाउने गरिएको छ– ‘एक ठाउँमा बस्ने र विभाजन हुनबाट बचाउँने ।’ बिमा भिन्न राज्यहरु मिलेर एउटा छाता बनाउने र त्यसअन्तर्गत रहेर आफूले आफूलाई शासन गर्ने शासन प्रणाली संघीयता हो । राज्यको अर्थ, हरेक संघीय इकाई आफ्नो मामलामा आपसमा स्वायत्त हुने र साझा हितका मामलामा आपसमा अनुबन्धित रहने पद्धति नै संघीयता हो ।

संघीय राज्यमा के हुनुपर्छ ? भन्ने बारे जे.एस.मीलले चारवटा आधार पेश गरेका छन् । (क) जातीय सहानुभूति (ख) भाषाको सम्मान (ग) साझा राजनीतिक एजेण्डा (घ) एक अर्कामा कसैले नहेप्ने नीति ।

परियोजनाले भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्वसँग जोडिएको कालीगण्डकीको सभ्यताबारे सरकार जानकार हुन जरुरी छ । परियोजना समग्र कालीगण्डकी प्रश्रवण (प्रबाह) क्षेत्रका गण्डकीबासी नागरिकको भावनाविपरीत हुन जान्छ ।

‘…..सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गदै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित गरी यो संविधान जारी गर्दछौ ।’ (नेपालको संविधान–२०७२ प्रस्तावनाबाट)

नेपालको संविधानले व्यवस्था गरेको शासकीय स्वरुप बमोजिमबाट अहिले संघीय इकाईहरु सञ्चालनमा रहेका छन् । संसदीय शासन प्रणाली, मन्त्रिपरिषद्मा कार्यकारी अधिकार, संवैधानिक राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री, निर्वाचन मण्डलबाट निर्वाचित राष्ट्रपति, संघीय प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति, प्रादेशिकसभामा बहुमत प्राप्त दलको नेतालाई मुख्यमन्त्री प्रादेशिक प्रमुखले नियुक्ति गर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित स्थानीय नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ।

माथि उल्लेखित संघीयताका सैद्धान्तिक पक्षहरु हुन् । अतः संघीयतामा समृद्ध कसरी ? भन्ने विषय अहिलेको बहस केन्द्रित गर्नु जरुरी छ । एकात्मक राज्यको ठीकविपरीत शासन नै संघीयता हो । एकात्मक सत्ताको समुल अन्त्य गरी समानुपातिक, समावेशी र सहभागीमूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने उद्देश्यका साथ संघीयता कार्यन्वयनमा लिइएको छ ।

संघ सरकारसँग, मुद्रा, प्रतिरक्षा, सन्धि कार्यान्वयन, अन्तर्राष्ट्रिय व्यापार, प्रमुख भौतिक पूर्वाधार, आमसुरक्षा, भन्सार, करहरु, सुपर्दगी, युद्धको घोषणा र परराष्ट्र नीतिका अधिकार रहेका छन् । त्यसबाहेक प्रदेश सरकारसँग शिक्षा, स्वास्थ्य सेवा, सार्वजनिक स्वास्थ्य, कृषि, खनिज, वनजंगल, पानी, महानगरीय मामिला, फौजदारी कानून, प्रहरी र केही करहरु संघ र प्रदेश सरकारबीच बाँडफाँट गर्ने तरिकाहरु हुन् ।

यसर्थ संघीयताको सैद्धान्तिक आधार हेर्दा कालीगण्डकी डाइभर्सन गर्ने आधार देखिन्नँ । यो परियोजना संघीयताको सैद्धान्तिक पक्षमा उल्लेख गरिएका सहमति, सह–अस्तित्वको भावनाविपरीत नै देखिन्छ । जुन परियोजनाले सामाजिक, सांस्कृतिक सम्पदा खल्बलिने छ ।

कालीगण्डकीको बेग जलचर र जैविक विविधताको प्रबाहमा जोडिएको हुन्छ । जलचरलाई चाहिने पानी एकतिर मोडिएपछि जलचरको रुट र जैविक विविधता करिडोरमा सिधै असर पर्छ । कालीगण्डकीको केही भाग लुम्बिनी प्रदेशमा बग्नु एउटा पक्ष हो । तर, कालीगण्डकीको मुहान र ‘पुछार’ गण्डकी प्रदेशमै पर्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी हकले समेत यसलाई डाइभर्सन गर्ने छुट दिँदैन ।

Leave a Reply

Your email address will not be published.