५ चैत २०७९, आइतवार

चर्च हिँडेका जङ्ग सम्पर्कबिहिन !

म्याग्दीको बेनी नगरपालिका ६ जामुनाखर्कका जंगबहादुर बिक गत १२ गते देखि सम्पर्क विहिन बनेका छन् । घरबाट पर्वत बरफाँटमा रहेको चर्चमा पुग्ने भनेर निस्किएका बिक चर्चसम्म पनि नपुगेको र घरमा पनि नआएको छोरा रामबहादुर बिकले बताए ।
१२ गते दिउँसो ११/१२ बजेतिर बगरफाँट स्थित चर्चमा जान्छु भनेर निस्किनु भएको हो तर चर्चमा पनि पुग्नु भएको छैन र घरमा पनि आउनु भएको छैन । आफन्तकोमा पनि कही कतै गएको खबर प्राप्त भएको छैन । बिकको घरमा ७८ वर्षीय एक श्रीमती समेत रहेकी छिन् । उहाँलाई देख्नु अथवा भेट्नुहुनेले परिवारको निम्न नम्बरमा सपर्क गरिदिनुहुन वा नजिकको प्रहरी कार्यालयमा बुझाईदिनुहुन अनुरोध गर्दछौं ।

सम्पर्क: ९८६६३४२३६० र ९८१५११५१५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *