गएराति परेकाे अविरल वर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तिको मृत्यु भएको छ ।
म्याग्दीको मंगला गाउँपालिका –५ ,छिस्वाङ स्थित खहरे खोलामा आएको लेदाे सहित आएको बाढीले घर पुरिँदा मालिका गाउँपालिका वडा नम्बर ६ घर भई हाल छिस्वाङमा किरान पसल सञ्चालन गर्दै आएका २२ वर्षिय गजिन रोका र उनकी श्रीमती १९ वर्षिय विना रोकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिए । दुबैजनाको शब भेटिएको छ भने अन्य क्षतिको विवरण संकलन भइरहेको छ । राति घरमै सुतिरहेका उनीहरुलाई वर्षासँगै आएको खहरेले बगाएको थियो । खहरेखोला माथिल्लो क्षेत्रमा थुनिएपछि एक्कासी भेल आएको स्थानीयले बताएका छन् ।
प्रहरी , जनप्रतिनिधि र स्थानीयले शव निकालेका हुन् । कानुनी प्रकृया पूरा गरेर शव आफन्तलाई बुझाइएको छ ।