पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा प्रहरी चौकी निर्माणको काम शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले प्रहरीचौकीको भवन शिलन्यास गर्नुभएको छ । भाडाको साँघुरो घरमा रहेको प्रहरी कार्यालयको नयाँ भवन बनाउन थालिएको भन्दै प्रहरी नायव उपरीक्षक बुढाथोकीले भवन निर्माणको काम तोकिएको समयमै पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रहरीचौकी भवन दुई करोड ४८ लाख ९ हजार ९ सय ६३ रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने जनाईएको छ । जनप्रतिनिधीहरु, वुद्धिजीवी एवम् अन्य सर्वसाधारणहरुको समेतको उपस्थितिमा उक्त भवनको शिलान्यास गरिएको हो । भवन निर्माणको जिम्मा पृथ्वी / जयलक्ष्मी जे.भी. कम्पनीले पाएको छ । प्रहरीचौकीको दिगो र भरपर्दो भवन बन्ने भएपछि प्रहरी र स्थानीय खुशी भएका छन् । ठूलीपोखरी प्रहरीचौकीको ठुलीपोखरी, पिपलटारी, खौलालाँकुरी, आर्थर र पकुवा कार्यक्षेत्र रहेको छ । भवन निर्माण पश्चात प्रहरीले साँघुरो कोठामा कोचिएर बस्नुपर्ने बाध्यता अन्त्य हुनुका साथै अन्य दैनिक प्रसासनिक कार्य गर्न सहज हुने वडाध्यक्ष राजेन्द्र पौडेलले बताउनुभयो । भवन निर्माणलाई गुणस्तरीय बनाउन वडाको तर्फबाट निरन्तर सहयोग गर्ने पौडेलले बताउनुभयो ।