डा. घनश्याम “परिश्रमी”
संसार बुझ्नलाई चाहिन्छ दौड धेरै
पुग्छन् समुद्रसम्मन् खाेला नदी बगेरै
आलस्यले कसैले उपहार पाउँदैनन्
देख्ला बिहान उसले बिउँझन्छ जाे सबेरै
पैसासमान चञ्चल अर्काे हुँदैन वस्तु
कहिल्यै नठान्नू रुपियाँ जहिल्यै हुनेछ मेरै
ईर्ष्या नगर्नू साथी, श्रमकाे महत्त्व बुझ्नू
मैले उठाएँ थाेपा, घैला भरेँ खटेरै
हुनुपर्छ द्वन्द्व आखिर उपलब्धिका निमित्त
ताली बजेका हुन्छन् दुई हात ठाेक्किएरै
सौन्दर्य एकताको छुट्टै हुँदाे रहेछ
माला बनाउने हो थुङ्गाहरू उनेरै
स्राेत-नेपाली साहित्यकार विश्वसञ्जाल