१२ असार २०७९, आइतवार

तीन सामुदायिक बन उपभोक्ता समूहहरु पुरस्कृत !

उत्कृष्ट काम गरे बापत म्याग्दीका तीन सामुदायिक बन उपभोक्ता समूहहरुलाई पुरस्कृत गरिएको छ ।

बन तथा वातावरण संरक्षण, ब्यवस्थापन, चोरी शिकारी र डढेलो नियन्त्रणमा उत्कृष्ट काम गर्ने सातबिसे सामुदायिक बन मङगला-४ लाई रु. आठ हजार, कमेरे झ्याउले सामुदायिक बन बेनी एक लाख रु छ हजार र किम्लाखर्क सामुदायिक बन उपभोक्ता समूह अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीलाई रु. चार हजार सहित डिभिजन बन कार्यालय म्याग्दीले पुरस्कृत गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, निमित्त डिभिजन बन अधिकृत सन्तोष खनाल लगायतले पुरस्कृत समूहका पदाधिकारीहरुलाई नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । ती सामुदायिक बन समूहले आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरेका कामको मूल्याङ्कनका आधारमा पुरस्कारका लागि छनौट गरिएको थियो ।

आर्थिक वर्ष ७७/७८ मा रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा थपिएको एक सहित जिल्लाभर ३१३ वटा सामुदायिक बन उपभोक्ता समूह छन् । आर्थिक वर्ष ७७/७८ मा डिभिजनल बन कार्यालयले सञ्चालन गरेको कार्यक्रमको भौतिकतर्फ ९३ र बित्तीय तर्फ ८९ प्रतिशत प्रगति भएको छ ।

Leave a Reply

Your email address will not be published.