४ चैत २०७९, शनिवार

दलित मोर्चाले बुझायो ज्ञापनपत्र !


विप्लव नेकपा सर्मथित दलित मोर्चा नेपाल पर्वतले जिल्ला प्रशासन कार्यालय पर्वतमा पाँच बुदे मागहरु सहित ज्ञापन पत्र बुझाएको छ ।

बुधबार विप्लव नेकपा सर्मथित दलित मोर्चा नेपाल पर्वतका संयोजक टिका नेपालीको नेतृत्वमा गएको एक टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा २१ औं शताब्दीको युगमा पनि दलितहरुमाथि राज्यको विभेद अन्त्य नभएको भन्दै यसलाई तत्काल समाधान गर्न आग्रह गरिएको छ ।
पछिल्लो समय घरभाडामा समेत दलितहरुलाई अपहेलना गरिएको घटना रुपा सुनारको घटनालाई इंगित गर्दै दोषीलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *