नेपाली नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बानेश्वर बृत्तका प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताएको छ भने घटनाबारे मुचुल्का तयार पार्ने काम भैरहेको जनाएको छ । शवसँगै सुसाईड नोट पनि भेटिएको छ । नोटमा उनले आफू ‘डिप्रेशनको शिकार’ भएको लेखेकी छिन् ।
‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी कुवँरको पछिल्लो फिल्म हलचल थियो । उनले विन्तिपत्र, मलाई माफ गरिदेउ, कानून, अभिमन्यू, मैदान, जीननदाता लगायतका थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । केही समय पहिले पशुपति क्षेत्र आफ्ना पुर्खाले खडा गरेको भन्दै बस्ने गरेकी थिइन् । पशुपति क्षेत्रको उनको बसाई विवादास्पद थियो भने उनका उत्तेजक क्रियाकलाप सामाजिक सञ्जालमा भाइरल हुने गरेका थिए भने उनले, अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।