५ चैत २०७९, आइतवार

नेकपाको पार्टी कार्यालय पुनः संचालनमा !

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले म्याग्दीको बेनी स्थित पार्टीको सम्पर्क कार्यालय पुन: सञ्चालनमा ल्याएको छ । नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज ध्रुव घिमिरे (बिप्लप) ले पार्टी कार्यालयको उद्घाटन गर्नुभयो ।

उद्घाटन् कार्यक्रममा बोल्दै नेता घिमिरेले प्रगतिशील संयुक्त सरकार गठन गरेर व्यक्ति नभई व्यवस्था रोज्ने गरि जनमतसंग्रहका लागि चुनाव गर्नुपर्ने बताउनुभयो । राजनीतिको मूल नेतृत्व सहि नहुँदा जनयुद्ध, जनआन्दोलनको मूल लक्ष्य प्राप्ति हुन नसकेकाले विप्लपको नेतृत्वमा जनवादी राज्य ब्यवस्था स्थापना गर्नुपर्ने नेता घिमिरेको भनाई थियो । म्याग्दी जिल्ला सेक्रेटरी दिपाको सञ्चालन, अनेमसंघकी ममताको स्वागतमा भएको कार्यक्रममा मुस्ताङका जिल्ला इञ्चार्ज फिल्टरले आफूहरु खुल्ला राजनीतिमा आएपनि जनजीविका र जनताको समस्याको एजेण्डा नछाडेको बताउनुभयो ।

हालै सरकारसँग भएको तीन बुँदे सहमति पश्चात खुल्ला राजनीतिमा आएको नेकपाले पुरानो भवनलाई रंगरोगन र मर्मत गरेर कार्यालय पुनसञ्चालन गरेका हुन् तत्कालीन खाद्य संस्थानले बिक्री गरेको भवनमा पुनसञ्चालन भएको । वि. स. २०७५ फागुनमा सरकारले प्रतिबन्ध लगाएपछि बेनीमा रहेको नेकपाको पार्टी कार्यालय बन्द थियो ।

<

Leave a Reply

Your email address will not be published. Required fields are marked *