१० जेठ २०८०, बुधवार

नेपाल समूहले गठन गर्‍यो अखिल फोर्स !


एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुर्नगठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो ।
नेपाल समूहकाअनेरास्ववियुकासह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्चाउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने ।
ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई कान्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहकाअनेरास्ववियुकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने,’ओली समूहलाई ‘कान्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’ अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनले बताए ।
यसअघि ओली पक्षको युवा संघले सोमबार मात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *